| शुक्रबार, चैत्र १६, २०८०

कृष्णज्योति माविको बार्षिकोत्सवमा सहयोगदातालाई सम्मान

सिरानचोक गाउँपालिका ६ महटारको कृष्णज्योति माविको तीनदिने ३७ औं बार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरु भएका छन् ।

आइतबारदेखि सुरु भएको बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको सोमबार सहयोगदाता, चन्दादाताहरुलाई सम्मान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले चन्दादाताहरुलाई सम्मान गरेको वडा अध्यक्ष नारायण दानीले जानकारी दिए ।

विद्यालयलाई थप सुदृढ गरेर सञ्चालनका लागि गतबर्ष आयोजित महापुराणमा धेरै चन्दा दान गर्नेहरुलाई सम्मान गरिएको अध्यक्ष दानीले जानकारी दिए ।

सो कार्यक्रममा सांसद दवाडीले त्यहाँ पढ्ने पाँच जनालाई छात्रवृत्ति दिने घोषणा गरेका थिए ।

कार्यक्रममा सांसद दवाडी, अध्यक्ष घले, प्रधानाध्यापक रुद्रबहादुर भट्ट, स्थानीय समाजसेवी दीपक भट्ट, छविलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्