| शुक्रबार, चैत्र २८, २०७६

थापा परिबारद्वारा दुईलाखको अक्षयकोष स्थापना

शहीद लखन गाउँपालिका ८ स्थायी ठेगाना भई हाल गोरखा नगरपालिका लक्ष्मीबजारमा बस्दै आएका भरत थापाले सहिद लखन गाउँपालिका ८ को रामेश्वरी माविमा अक्षयकोष स्थापना गरेका छन् ।

त्यहाँ पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने उद्देश्यले दिवंगत भइसकेका बुबा रेशमबहादुर र आमा सन्तकुमारी थापाको स्मृतिमा अक्षयकोष स्थापना गरेका शिक्षक जीवन अम्गाईले जानकारी दिए ।

अक्षयकोषमा दुईलाख रुपैयाँ राखेका छन् ।

सो रकमको ब्याजबाट एक बर्षमा प्राप्त हुने बीसहजार रुपैयाँबाट कक्षा एकदेखि कक्षा १० सम्मका एकेक जना विद्यार्थीलाई दुईदुई हजार रुपैयाँका दरले छात्रवृत्ति दिने शिक्षक अम्गाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्