| शनिबार, बैशाख ८, २०८१

भीसमेनथापा गाउँपालिकाले दियो २५ जना युवालाई वाईरिङ तालिम

गोरखाको भीसमेन थापा गाउँपालिका वडा नम्बर २, ३ का अधिकांश र केही वडा नम्बर १ का गरी २५ जना युवाहरुलाई सिटिईभिटीको सहयोग र गाउँपालिकाको समन्वयमा तालिम दिइएको छ ।
बुधवारबाट वाईरिङ तालिम सुरु भएको हो । युवाहरुलाई गाउँमै रोजगारको अवसर सिर्जना गर्न तालिम महत्वपूर्ण हुने गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए । ‘यहाँ नै रोजगारी पाउँछन्, बिदेश जान चाहनेहरुले सिप सिकेर जाँदा राम्रो हुन्छ ।’
वडा नम्बर ३ मा सुरु भएको तालिम ६५ दिन सम्म चल्नेछ । ज्ञानप्रसाद भट्टराईको अध्ंयक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष पाण्डे, विषेश अथिति वडा नम्बर २ का नारायण भट्टराई, ३ का लिला लामिछाने लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्