| शुक्रबार, चैत्र २८, २०७६

शहीद लखनथापाको स्मृतिमा चार दिवशीय कार्यक्रम सुरु

 

नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृति दिवसको अवसरमा चार दिवशीय कार्यक्रम मंगलबारबाट सुरु भएको छ ।

शहीद लखन गाउँपालिले वडा नं. ७ काउले भँगारस्थित शहीद लखन स्मारक परिसरमा कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिकाका अनुसार छात्र र छात्रा दुबैको एक सय, दुई सय, चार सय, १५ सय र तीन हजार मिटर दौड प्रतियोगिता हुनेछ । त्यस्तै चार जनाको एक सय मिटर रिले दौड, भलिवल, हाइजम्प, लङजम्प, त्रिपल जम्प, छेलो लगायतका बिभिन्न १५ खेल प्रतियोगिता हुनेछ ।

अन्तर मावि ंस्तरीय खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा माविबाट छात्र र छात्रा दुबै टिमको सहभागिता रहने गाउँपालिकाका शिक्षा शाखा समन्वयकर्ता नन्दप्रसाद ढकालले जानकारी दिए ।

गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको रनिङशिल प्रतियोगितामा प्रमुख गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका विजयी हुनेहरुलाई सहिद थापाको स्मृति दिवसको औपचारिक समारोहमा फागुन २ गते मेडल, प्रमाण पत्र र नगर पुरस्कार बितरण गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्