| शनिबार, बैशाख ८, २०८१

साधना लघुबित्तद्वारा कर्जा मिनाहासंगै आर्थिक सहयोग प्रदान

 

साधना लघुबित्त बित्तीय संस्था शाखा कार्यालय हरमटारीले कर्जा मिनाहा कार्यक्रम सम्पन्न गरेको छ ।

बित्तीय संस्थाको शाखा कार्यालय हरमटारीले शुक्रबार एक कार्यक्रम गरी गत साउनमा हृदयघातबाट मुत्यू भएकी एक महिलाको कर्जा मिनाहा घोषणा गरेको हो ।
गोरखा नगरपालिका वडा नं. ३ घलाङमा गठित केन्द्र नं. ८१ मा आबद्ध ऋणी सदस्य हिरामाया अधिकारीको तिर्न बाँकी साँबाब्याज गरी रु ६२ हजार सातसय ८४ रुपैयाँ मिनाहा गरेको संस्थाले जानकारी दियो ।

ऋणी सदस्य अधिकारीले यसअघि तिरिसकेको साँवा१२ हजार ७५० र काजक्रियाखर्च बापत २१ हजार ९६६ गरी ३४ हजार ७१६ रुपैयाँ मृतकका श्रीमान् खोपबहादुर अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

वडा अध्यक्ष रामबाबु बोगटीले सो रकम हस्तान्तरण गरेका हुन् ।
बित्तीय संस्थाले ग्राहकअनुकुल गुणस्तरीय बित्तीय सेबा प्रबाह गर्दे सदस्यहरुलाई सिपमुलक तालिम, बजारीकरण र बिश्बसनीय कारोबार गर्न बित्तीय संस्था प्रतिबद्ध रहेको बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।

घलाङ्ग साधना महिला बिकास केन्द्रकी केन्द्र प्रमुख अन्जिता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा, राष्ट्रिय माबिका प्राचार्य मिनबहादुर नेपाली, बित्तीय संस्थाका अनुगमन तथा सुपरिबेक्षण बिभाग प्रमुख किरण श्रेष्ठ, शाखा प्रमुख दिपेश बोहोरा, कर्मचारी सुजिता कुबरलगाएत केन्द्रमा आबद्ध सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्