| शुक्रबार, चैत्र २८, २०७६

मनास्लु क्षेत्रमा पहिलो पटक निर्माण भयो चलचित्र ‘मन्त्र’

गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर नेपाली फिचर फिल्म तयार भएको छ ।
नुब्री उपत्यकाको हिमाली प्रेम कथामा आधारित चलचित्र ‘मन्त्र’ निर्माण गरिएको सहनिर्माता वीरबहादुर लामाले जानकारी दिए ।

चुमनुब्री गाउँपालिका १ सामागाउँमा छायाङ्कन गरिएको चलचित्र ‘मन्त्र’ को निर्देशकमा खिलबहादुर गुरुङ रहेका छन् ।
सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को फर्स्टलुंंकं ंपाेंंंस्ंटंरं ंसांंर्बंंजंंिनंकं ंगंंिरंएंकाेंंं ंछं ं। खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’लभ स्टोरी जनराको चलचित्र हो ।

सार्बजनिक फर्स्टलुक पोस्टरमा कुनै पनि कलाकारलाई स्थान दिइएको छैन । चलचित्रले हिमाली भेगको प्रेम कथा बोल्छ । चलचित्रमा सौगात मल्ल, बुद्दि तामाङ, दिया पुन, नमिता घिसिङ्ग, बिर बहादुर लामाको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत रहेको छ ।

संजय लामाले छायांकन गरेको चलचित्रलाई मित्र डि.गुरुङले सम्पादन गरेका छन् । मुभी र्याकको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता मनोज राजभण्डारी हुन् । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की, बीरबहादुर लामा र शुभ श्रेष्ठ सह निर्मातामा रहेका छन् ।  मनास्लु क्षेत्रमा पहिलो पटक निर्माण गरिएको चलचित्र मन्त्र बैशाख १ मा रिलिजको तयारी गरे पनि मिति सार्बजनिक नगरिएको सहनिर्माता लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्