| बिहिबार, बैशाख ६, २०८१

सामुदायिक सेवा केन्द्रको अध्यक्षमा कैलाश

सामुदायिक सेवा केन्द्र गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ चयन भएका छन् । शुक्रवार गोरखा सदरमुकाममा भएको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

सेवाकेन्द्रको उपाध्यक्षमा रामहरी केसी, सचिव सरदबाबु कट्टेल,कोषाध्यक्ष काजिराम श्रेष्ठ र सह सचिव भोला मरहट्टा चयन भएका छन् । अन्य सदस्यहरुमा बाबुराम श्रेष्ठ, देवु मास्के, शान्तीदेवी श्रेष्ठ, मिनादेवी श्रेष्ठ, सुमन श्रेष्ठ, विष्णुबहादुर थापा, अन्जन खत्री, दण्डपाणी कट्टेल, रिक्त बानियाँ, बिक्रम बस्नेत, सोभाप्रधान दवाडी र फडिन्द्र बानियाँ रहेका छन् ।

प्रहरीसँगको साँझेदारीमा नागरिक सचेतनाको कार्यक्रम संचालन गर्ने, गोरखा नगरपालिका सँगको सहकार्यमा सडक सुरक्षमा जोड दिने कार्यक्रम संचालन गर्ने अध्यक्ष कैलाशबाबु श्रेष्ठले बताए । ट्राफिक सचेतना सँगै विद्यालयमा चेतनामुलक कार्यक्रम संचालन गर्ने योजना रहेको उनले बताए ।

निर्वतमान अध्यक्ष अच्यूतलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सुरक्षित नगर निर्माण र सचेतनाका लागि सामुदायिक सेवा केन्द्र सँग सहकार्य गर्ने बताए । यस अघि गोरखा नगरपालिकाको सहयोगमा बजारक्षेत्रमा जडान गरिएको सिसि क्यामेरा बिस्तारमा पनि सघाउने उनले बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र पालुङटारका अध्यक्ष सरोज देवकोटा, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल लगायतले मन्तब्य राखेका थिए ।

सचिव रामहरी केसीले सामुदायिक सेवा केन्द्रको गतिविधीको बारेमा र कोषाध्यक्ष सरदबाबु कट्टेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । गोरखामा २०७२ माघ १० गते तत्कालिन डिएसपी बसन्त रजौरेको अगुवाईमा सामुदायिक सेवा केन्द्र गठन सँगै स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्