| आइतवार, माघ ५, २०७६

माघेसक्रान्तिमा गोरखामा पनि गोरु जुधाईयो

माघेसंक्रान्तिको अवसर पारेर गोरखाको भिमसेन थापा गाउँपालिका ५ कसिन्थोकमा गोरु जुधाई कार्यक्रम सम्पन भएको छ ।
भिमसेन थापा गाउँपालिकाको विशेष सहयोगमा तथा स्थानीय क्लबहरु माछापोखरी नेवार समाज, समुन्नत युवा क्लब , खान्चोक सेवा समाज , नवजागरण विकास समाजको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

१५ हल अर्थात ३० वटा गोरु जुधाइएको थियो । प्रथम हुने गोरु कृषकलाई रु ८ हजार र सहभागी हुने गोरु कृषकलाई प्रति व्यक्ति २ हजार पुरस्कार दिइएको थियो । सो अवसरमा कलाकारहरु मनोज गजुरेल, प्रकाश कटुवाल, सीता लामा, गणेश जिसीले प्रस्तुति समेत दिएका थिए ।

नुवाकोटमा हुने गोरु जुधाइ मेलाले प्रसिद्धि कमाउँदै गर्दा गोरखामा पनि यसको थालनी भएको हो । गोरखाको आरुघाट फुजेलमा पनि गोरु जुधाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्