| आइतवार, माघ ५, २०७६

हर्षोल्लासले मनाईयो माघेसक्रान्ति

मगर माघे सक्रान्तिको अवसरमा गोरखामा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । नेपाल मगर संघ, जिल्ला समन्वय समितिको आयोजनामा गोरखा सदरमुकाममा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

समन्वय समितिका अध्यक्ष विष्णु राना मगरको अध्यक्षतामा रङ्गशालामा सम्पन्न शुभकामना आदान प्रदान तथा सांस्कृतिक मेलामा प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद चुडामणि खड्का, गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्री लेखबहादुर थापा, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, नेपाल मगर संघ राष्टिूय समन्वय समितिका सहकोषाध्यक्ष कृष्ण राना मगरलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका जिल्ला सचिव अशोक राना मगरले जानकारी दिए । सो कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु नीरबहादुर राना मगर, कमला आले मगरको प्रस्तुती प्रदर्शन गरिएको थियो ।

रङ्गशालाको औपचारिक समारोह सुरु हुनुअघि जिल्ला भरबाट आएका मगर समूहहरुको ¥याली रोहटेपानी स्थित मगर संघको कार्यालयमा भेला भएर बजार परिक्रमा गरेको थियो । ¥यालीमा मगरहरुको विशेष सँस्कृतिको रुपमा प्रसिद्ध घाँटु, सोरठी, कौरा, झ्याउरे, चुट्कालगायतको झाँकीको प्रस्तुती रहेको थियो ।

त्यस्तै नेपाल मगर संघको क्षेत्रीय समन्वय समिति क्षेत्र नं. २ ले सिरानचोक गाउँपालिका १ केरा बारीमा विशेष कार्यक्रम आयोजना गरेको थियो । यस्तै शहिद लखन गाउँपालिका वडा नम्बर ८ को शिवशक्ति भजन समुहले पाचौँ वर्षिक साँस्कृतीक कार्यक्रम गरेको छ ।

संस्थाका अध्यक्ष बाबुराम वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई, ७ का शरण श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, सल्हाकार विश्वनाथ वाग्ले, राधाकृष्ण भजन समुहका अध्यक्ष बासु ढकाल लगायतले धारणा राखेका थिए ।

वडा नम्बर ८ मा टोलटोलबाट रत्यौली, पञ्चेबाजा सहित सर्वसाधारण जातिय र साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भएका थिए । वडा कार्यालयले साँस्कृतिक जगेर्नाका लागि हरेक वर्ष ५० हजार रुपैयाँ सहयोग गर्दै आएको छ । गोरु जुधाई, हाँटी फुटाई खेल समेत भएको थियो ।

कुमाल समाज सुधार समिति गोरखाले पनि एक भब्य कार्यक्रमका बिच माघेसक्रान्ती पर्व मनाएको छ । मोतिराम कुमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति संविधान सभा पूर्व सदस्य ज्ञानेन्द्र कुमाल, वडा नम्बर ४ का अध्यक्ष दिपक हमाल, जनजाती महास.घका सचिव श्रुती कुमाल लगायतले धारणा राखेका थिए ।

राष्ट्रिय कलाकार राधीका हमालको गितमा दर्शकले भरपुर मनोरञ्जन लिएका थिए भने कुमाल समुदायको पउँदुरे नाच पनि प्रस्तुत गरिएको थियो । गोरखा तामाङ समाजको आयोजनामा गोरखा नगरपालिका १० मा साँस्कृतीक कार्यक्रम भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, गोनपा प्रमुख राजनराज पन्त लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्