| शनिबार, बैशाख ८, २०८१

हजुरबुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

दरौँदी समाचारदाता ः बारपाक सुलिकोट गाउँपालिका ७ पाँचखुवा देउरालीमा रहेको शैलपुत्री माविका पूर्व विद्यार्थी संजिप अम्गाई र सजिता श्रेष्ठले एक लाख एघार हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
आईतवार विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसरमा हजुरबुवा भैरप्रसाद अम्गाईको सम्झनामा विद्यालयमा ‘भैर अम्गाई स्मृती बिकास कोष २०७६’ स्थापना गरिएको स्थानीय राजु अधिकारीले बताए । अम्गाई र श्रेष्ठ दम्पती हुन् । उनीहरुले २०६५ सालमा शैलपुत्री माविबाट एसएलसी उर्तिण गरेका थिए । हाल उनीहरु अष्टे«लियामा बस्दै आएका छन् । आफुले पढेको विद्यालयमा केही सहयोग गने चाहना पहिलेदेखि रहेकाले सहित हरेक वर्ष छात्रवृत्ती दिने योजना सहित अक्षयकोष स्थापना गरेको संस्थापक संजिप अम्गाईले बताए ।

उक्त कोषबाट प्राप्त हुने ब्याजले गरिब तथा बिपन्न विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने साथै कला संगित, खेलकुद लगायत बहुविधामा मेधावी विद्यार्थीलाई छात्रवृत्ती उपलब्ध गराउने कोष सञ्चालन कार्यविधिमा उल्लेख छ । उक्त कोष परिचालन समितिमा कोष संचालकको तर्फबाट सजिता श्रेष्ठको बुवा इन्द्रकुमार श्रेष्ठ रहेका छन् । बिदेशमा कमाएको पैसाले आफुले पढेको विद्यालयमा अक्षयकोष स्थापना गरेर ठुलो मद्धत गरेको भन्दै विद्यालयले पूर्व विद्यार्थी समेत रहेका अम्गाई दम्पतीलाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्