| आइतवार, माघ ५, २०७६

उद्योग बाणिज्य संघ मनकामना ईकाईमा श्रेष्ठ

उद्योग बाणिज्य संघ मनकामना बजार ईकाईमा हरि कुमार श्रेष्ठ अध्यक्ष चयन भएका छन् । सोमबार भएको साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

ईकाईको उपाध्यक्षमा लिलाम्बर थापा, सचिबमा दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ र सह–सचिबमा खड्क नारायण श्रेष्ठ रहेका छन् । सदस्यहरु ओम माया श्रेष्ठ, अमृत थापा, खोलमान श्रेष्ठ, नुर बहादुर थापा, कलाकार थापा, रमेश मल्ल, बशन्त मल्ल, राजु प्रसाद न्यौपाने, राम जोशी र राज थापा चयन भएको गोरखा उद्योग बाणिज्य संघका सदस्य चन्दनबाबु खत्रीले बताए ।

इकाईका कार्यवाहक अध्यक्ष राजन जोशीको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अथिति शहिद लखन गाउँपालिकाका प्रमुख रमेशबाबु थापा मगर, उद्योग बाणिज्य संघ मनकामना बजार ईकाईको महिला उद्यमी विकास समितिका अध्यक्ष निर्मला श्रेष्ठ, वडा नम्बर ३ का वडाध्यक्ष गणेश थापा, उद्योग बाणिज्य संघका सदस्य गोविन्द गुरुङ लगायत धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्