| आइतवार, माघ ५, २०७६

गोरखाको आर्थिक विकासमा यहाँका पर्यटकीय स्थलको भूमिका

पवनरमण खनाल :

गोरखा जिल्ला भन्ने वित्तिकै ऐतिहासिक पर्यटन, धार्मिक पर्यटन, प्राकृतिक पर्यटन, ग्रामीण पर्यटन तथा साहित्यक पर्यटन साथै शैक्षिक पर्यटनको दृष्टिकोणवाट महत्व रहन्छ । खास गरी गोरखा जिल्लामा विश्व जनसंख्याको ठुलो हिस्सा ओगट्ने धार्मिक दृष्टिकोणवाट समेटिएका हिन्दु धर्मावलम्वीहरु, वुद्ध दर्शनका धर्मसँग गाँसिएका समुदायहरु साथै मुस्लिम समुदायको उल्लेखनीय संख्या रहेको छ ।

समुदायको उत्पत्ति विकास चालचलन रीतिरिवाज तथा संस्कृतिले धर्मसगै ऐतिहासिक तथ्य पनि उजागर गर्ने हुँदा कतिपय अवस्थामा योसँगै महत्वले हेरिन्छ । गोरखा जिल्लामा के के कारणवाट धार्मिक तथा ऐतिहाँसिक महत्व छ भन्ने बारेमा यहाँ संक्षिप्तमा प्रस्तुत गरिन्छ ।

 

धार्मिक तथा ऐतिहासिक दृष्टिकोणवाट महत्व :


साधारणरुपमा भन्नुपर्दा गोरखा जिल्लामा धार्मिक तथा ऐतिहासिक दृष्टिकोणवाट व्यक्त गर्नुपर्दा सरल रुपमा मनकामना, गोरखाकाली मन्दिर र वरिपरिका मठमन्दिरको मात्र व्यक्त गरिन्छ । साधारण रुपले भन्नुपर्दा यी विषय भएपनि धार्मिक रुपले अन्य क्षेत्रहरु पनि प्रसस्त रहेका छन् । मनकामना, गोरखाकाली भगवती साथसाथै विरिमकाली, शैलपुत्री, विन्दवासिनीलगायत अन्य भगवतीहरु पनि प्रसस्त रहेको छन् ।
नेपालको एकीकरण अभियान वा शाहवंशको राज्यारोहण पूर्व रहेका थुमथुम कोटकोटका राजाहरुले राज्य गर्दा शक्तिको श्रोतको रुपमा भगवती देवीका मन्दिरहरु स्थपना गरी नजिकको समुदायसंग एकाकार गरी नियमित पुजा आज गरी आएको छ । खासगरी बारपाककोट, अजिरकोट माइकोट आदिआदि रहेका छन् । यस्ता जति पनि कोटहरु थुम्काहरुको अवस्था यसको ऐतिहासिकता र यिनीहरुका स्थानीय मौलिक पक्ष केके छन् यो केलाउनु पर्ने पक्ष प्रमुख हो । हिन्दु धर्मावलम्वीहरुको मठ मन्दिर जे जति रहेका छन्, तिनीहरु प्रत्येकको ऐतिहासिक पक्ष रहेको छ ।

बुद्ध दर्शको उत्पति नेपालमा नै भएको हो । राजगद्दी त्याग गरी बुद्धत्व प्राप्त गरी दर्शनको विस्तार गरेका अवस्थामा एउटा सम्प्रदाय र क्षेत्रको मात्र वहुलता देखिनुमा यसको ऐतिहासिक पक्षवारे पुन अध्ययन र प्रकाशन गरिनु आजको आवश्यकता हो ।

हरेक गुम्वाहरुको स्थापना र त्यहाँका भएका अभिलेख लेखले ऐतिहासिकता प्रदान गर्दछ । यसलाई धर्मबाट मात्र वुझियो भने अपुरो हुन्छ । ऐतिहासिकता पक्षबाट पनि उत्तिकै महत्व रहेको हुँदा उजागर गर्न आवश्यकता रहेको छ ।

गोरखा जिल्लाका मुस्लिम समुदायको धार्मिक पक्ष आफ्नै रहेको छ तर यसका ऐतिहासिक पक्षलाई केलाई ऐतिहासिक जानकारी लिनु आवश्यक छ । उनीहरु कहाँबाट कहिलोवाट कसरी आए ? के के मुख्य काममा संलग्न छन् उनीहरुको रीतिरिवाज संस्कृति र उनीहरुको प्रयोग गर्ने ऐतिहासिक बस्तु सेवाहरुको प्रस्तुति प्रमुख रुपमा ऐतिहासिक पक्षमा समेट्न सकिन्छ । यी यस्तै सम्पुर्ण वर्ग समुदायहरुको बारेमा रहेका ऐतिहासिक संस्कार र संस्कृतिहरुको सरोकार निकायवाट तथ्यहरु सामाग्रीहरु संकलन प्रदर्शन गर्नु आवश्यक छ ।


गोरखा जिल्ला भौगोलिक रुपले विषय भएको हुँदा प्रत्येक दश मिटरको उचाईमा मानिस तथा समुदायको बस्तीमा फरकपन पाउन सक्छौँ । बेशी तथा टारहरुमा कुमाल, माझी, दराईहरु पाउछौँ । यी बर्गहरु नदी किनारामा वस्ने हुँदा यी समुदायहरुको उत्पत्ति तथा संस्कार र संस्कृतिमा फरक रहेको छ । अन्य समुदायको भन्दा वराम जाति गोरखा जिल्लामा मात्र पाइने समुदाय हो । उनीहरको आफ्नै बेग्लै विशेषता रहेको छ ।
चेपाङ सम्प्रदाय पनि एउटा निश्चित भु(भागमा पाइने र अन्य समुदाय भन्दा फरक रुपमा उनीहरुको ऐतिहासिक र धार्मिक पक्ष रहेको छ । समग्र गोरखा जिल्लाको सम्प्रदायहरुको बारेमा ऐतिहासिक तथा सांस्कृतिक रुपले अनुसन्धान तथा विकास गरेर गोरखा संग्रहालयलाई अद्यावधिक गरिनु पर्छ । यो वारेमा प्रस्तुत गर्न सकिने सहयोगीहरुको विकास गर्न जरुरी रहेको छ ।


संग्रहालय आफै ऐतिहासिक छ । त्यहाँ भित्रको सामाग्रीहरु ऐतिहासिक तथ्यपरक छन् तर समाज सो भन्दा अगाडि नै स्थापति भएको हुँदा सो वारे यथेष्ट कार्य गरी जानकारीमा पर्यटकलाई आकर्षण गर्न सकिन्छ । पर्यटनका लागि सामाग्रीको विकास र प्रवर्धन नै हो । गोरखा जिल्लाको मुख्य रुपमा रहेका समुदायहरुको उत्पति, विकास, संरचना चाल चलन रीती रिवाज र संस्कृतिको पक्षमा उजागर गर्नु पर्ने आवश्यक छ ।
प्राकृतिक पर्यटन गोरखा जिल्लाको .पर्यटन विकासको महत्वपुर्ण पक्ष हो । खास गरी पैदल यात्रा, साहसिक यात्रा, जलबिहार, क्यानोनिङ, हिमाल आरोहण यसका प्रमुख पक्षहरु हुन । पदयात्राका लागि मनकामनादेखि गोरखा सदरकुकामसम्म रमणीय दृश्यावलोकन गरी विकास गर्न सकिन्छ । सो पदयात्राको क्रममा पर्ने समुदायहरुको क्षमता विस्तार गरी होमस्टे प्रवर्धन गर्न सकिन्छ ।


हालको मनासलु पदमार्गको जुनस्तरमा प्रयोग भएको छ, अव यो चुनौति पुर्ण रहेको छ । निर्माणधिन मोटर वाटोले यसको महत्व घटाएको छ । यसको विकल्पमा मान्वु, काशीगाउ, केरौजा, हुलचुक हुदै गणेश हिमाल पदमार्गको विकास गर्नुपर्छ । अर्कोतर्फ सदरमुकामवाट ताकुकोट स्वाँरा हुदै धार्चे डाडावाट रुपिङला हिमाल फेदीबाट सामागाउँ क्षेत्रसम्म वैकल्पिक पदमार्गको विकास गरिनु पर्छ । आन्तरिक रुपमा साना, छोटा पैदल मार्गहरुको विकास गरिनु पर्छ । एउटा पर्यटकवाट ११ जनाले रोजगारी पाउने अवस्था भएको हुँदा पैदल मार्गको विस्तार र प्रवर्धन आवश्यक रहेका छ ।

अहिलेको अवस्थामा पर्यटकहरुको आकर्षण भनेको ग्रामिण पर्यटन, सँयुक्त परिवार प्रणालीमा अवलोकन गर्ने प्राथमिकता हुन्छ । जसवाट ग्रामीण क्षेत्रमा उत्पादन भएका वस्तुहरुको खपत हुन्छ । उत्पादनमा वृद्धि हुन्छ । यस क्रमले ग्रामीण क्षेत्रको आर्थिक सवलीकरण हुन्छ ।


गोरखा जिल्लाको आर्थिक विकासमा ग्रामीण पर्यटन पदमार्ग ऐतिहासिक सांस्कृतिक परम्परा एउटा कोशे ढुङ्गा सावित हुनेछ । पर्वतीय वा हिमाल आरोहणको दृष्टिकोणवाट मनासलु मात्र नभई रुपिङला लगाएत अन्य चुचुरोहरु लाई प्राथमिकतामा राख्नु पर्दछ ।

शैक्षिक दृष्टिकोणवाट हाल गोरखा संग्रहालय र गोरखाकाली मन्दिरमा आउने जाने क्रम रहेको छ । अव गोरखा जिल्लाबाट केही समुदायको संस्कृति परम्परा सामुदायकिता आदिबारेमा विश्वविद्यालयको शोधकार्यमा समावेश गरेर शोध अध्ययन केन्द्रको रुपमा विकास गर्न सकिन्छ यसबाट गोरखा जिल्लालाई समग्र फाईदा पु¥याउन सकिन्छ । भ्रमण वर्ष २०२० लाई यही विषयको सेरोफेरोमा रहेर प्रर्वधन गर्न आवश्यक छ ।

लेखक

प्रतिक्रिया दिनुहोस्