| सोमवार, माघ १३, २०७६

गोरखाका तीनवटा पालिकामा कांग्रेसको प्रशिक्षण

नेपाली कांग्रेस गोरखाले शनिवार तीनवटा गाउँपालिकामा एकै पटक प्रशिक्षण कार्यक्रम गरेको छ ।

केन्द्रिय नेताहरुको उपस्थितीमा प्रशिक्षण कार्यक्रम भएको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए ।

भिमसेन थापा गाउँपालिका कांग्रेस पार्टी सभापति बाबुराम नरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति शंकर भण्डारी, चिनकाजी श्रेष्ठ, इश्वर पाण्डे, बिनु वाग्ले, ठाकुर भट्ट, नारायण भट्टराई, ठाकुर पुडासैनी, युवराज बस्ताकोटी, कृष्ण आले लगायतले धारणा राखेका थिए ।  त्यहाँ खुन प्रसाद रेग्मीले कार्यकर्तालाई प्रशिक्षण गराएको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए ।

 

बारपाक सुलिकोट गाउँपालिकामा निर्मल धितालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति सांसद एवं केन्द्रिय सदस्य डिला संग्रौला, महासमिति सदस्य एवं गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, दुर्गा गुरुङ, दिनेश खनखवास, अम्बिका थापा, नरहरि वाग्ले, जितबहादुर घले लगायतले धारणा राखेका थिए । ओम गुरुङले प्रशिक्षण दिएका थिए ।

आरुघाट गाउँपालिकामा पनि शनिवार नै प्रशिक्षण कार्यक्रम भएको छ । केन्द्रिय सदस्य शंकर भण्डारी, चिनकाजी श्रेष्ठ, नन्दप्रसाद न्यौपाने, पूर्णबहादुर दाहाल, टिका गुरुङ, राजु गुरुङ, गगन अधिकारीले मन्तब्य राखेका थिए । इश्वर परियार र मिना अधिकारीले प्रशिक्षण दिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस जिल्ला कार्यसमिति बैठकले धार्चे र चुमनुब्री बाहेकका पालिकामा एकै पटक प्रशिक्षण दिने कार्यक्रम तय गरेपनि वर्षातका कारण अन्य पालिकामा स्थगित भएको जिल्ला सचिव न्यौपानेले बताए । ‘जिल्ला समितिको बैठकले बाँकी पालिकामा छिट्टै गर्ने निणर्य गर्नेछ’ उनले भने । प्रशिक्षणमा पार्टीको संसोधित विधानको बारेमा वडा कार्य समिति, पालिका कार्य समितिलाई नयाँ विधानको कार्य सम्पादन गर्नुपर्ने विषयमा प्रशिक्षण दिएको उनले बताए ।

आम नागरिक र गाउँमा रहेका नेता कार्यकर्ताको धारणा, जनप्रतिनिधिले गरेको कामको अवस्था, समसामयीक राजनीतिक अवस्थाको बारेमा बुझ्न पनि प्रशिक्षण प्रभावकारी भएको ठहर कांग्रेसको छ ।

प्रतिक्रिया दिनुहोस्