| शनिबार, बैशाख ८, २०८१

नेविसंघ पालुङटार इकाइद्वारा गरीव विद्यार्थीलाई पोशाक वितरण

नेपाल विद्यार्थी संघ, पालुङ्टार नगर कमिटीले सोही नगरपालिका वडा नं. ६ कालामाटाको जनज्योति आधारभूत विद्यालय पढ्ने विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा आठ जना अति गरिब, विपन्न विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो ।

नेपाल विद्यार्थी संघ पालुङटार नगर इकाइका संयोजक अनील थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका जिल्ला अध्यक्ष सुवास अधिकारीले सो पोशाक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अध्यक्ष अधिकारी, संयोजक थापा, नेविसंघ, जिल्ला सचिव मिलनसिँह बस्नेत, विद्यालयका प्रधानाध्यापक अर्जुन तिवारी, वडा सचिव जितमणि लुइँटेल, नगर इकाइका सचिव ललित गुरुङलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्