| शनिबार, बैशाख ८, २०८१

प्रथम वारपाक सुलीकोट रनिङशिल्ड शैलपुत्री माविलाई

प्रथम वारपाक सुलीकोट रनिङशिल्ड शैलपुत्री मावि पाँचखुवा देउरालीले उचालेको छ ।

२८ विधामा भएको प्रतियोगितामा १२ वटा विधामा प्रथम भएको शैलपुत्री माविले शिल्ड, टूफी र नगद ३० हजार रुपैयाँ हात पारेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

त्यस्तै सात वटा विधामा प्रथम भएको सूर्यज्योति माविले द्वितीय पुरस्कारस्वरुप टूफी र नगद २० हजार हात पारेको छ ।

हिमालय मावि सौरपानीले बिभिन्न तीन विधामा प्रथम भई तेस्रो पुरस्कार प्राप्त गरेको छ । सो विद्यालयले नगद १० हजार र टूफी हात पारेको भण्डारीले जानकारी दिए । उनीहरुलाई प्रमुख अतिथि सांसद चुडामणि खड्काले पुरस्कार प्रदान गरेका हुन् ।

सोही कार्यक्रममा गत शैक्षिक सत्रमा शैक्षिक क्षेत्रमा गाउँपालिकास्तरमा सर्वोत्कृष्ठ हुन सफल विद्यालय, शिक्षक र विद्यार्थीलाई पनि पुरस्कृति गरिएको थियो । कक्षा १२ तर्फ सर्वोत्कृष्ठ भएको हिमालय मावि बारपाकलाई पुरस्कारस्वरुप नगद ५० हजार प्रदान गरिएको थियो ।

त्यस्तै एसईईतर्फ सर्वोत्कृष्ठ हुन सफल शैलपुत्री मावि पाँचखुवा देउरालीलाई नगद पुरस्कार दुई लाख प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । त्यस्तै आधारभूततर्फ पनि सर्वोत्कृष्ठ नतिजा हाँसिल गरेको शैलपुत्री माविलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

गाउँपालिकाभरिका विद्यालयको कक्षा १ देखि कक्षा १२ सम्म सबैभन्दा धेरै जिपिए ल्याएका विद्यार्थीलाई पनि पुरस्कृत गरिएको उनले बताए । उनीहरुलाई नगद चारहजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको उनले बताए ।

मंसीर २०, २१ र २२ गते सञ्चालित तीन दिने कार्यक्रमको समापन कार्यक्रममा प्रमुख अतिथि सांसद खड्का, गाउँपालिकाका प्रमुख विष्णु भट्ट र उपप्रमुख सनमाया गुरुङ र शिक्षा शाखा प्रमुख भीमकुमार श्रेष्ठले ले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्