| सोमवार, माघ १३, २०७६

गोरखाको मनास्लु क्षेत्रमा लेकलागेर पर्यटक भरियाको मृत्यू

 

गोरखाको मनास्लु क्षेत्रमा पर्यटकको भारी बोकेर गएका एक युवाकको लेक लागेर मृत्यू भएको छ । चुमनुब्री गाउँपालिका १ साम्दोमा पुगेका धार्चे गाउँपालिका ४ लाप्राकका तिसबहादुर गुरुङको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

३८०० मिटर उचाइमा रहेको साम्दो गाउँमा बास बसेका २७ बर्षीय एक गुरुङको शुक्रबार राती मृत्यू भएको डिएसपी मित्रबन्धु शर्माले जानकारी दिए । उनी एक कम्पनीबाट फ्रान्सेली पर्यटकको भारी बोकेर लार्केपासका लागि गएका प्रहरीले जनाएको छ ।

गुरुङको शव पोष्टमार्टमका लागि हेली एभरेष्टको हेलिकोप्टरमा राखेर काठमाडौं लगिएको डिएसपी शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्