| आइतवार, माघ ५, २०७६

तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय पुरस्कार सत्यमोहन जोशीलाई

 

संस्कृतविद सत्यमोहन जोशीलाई यसबर्षको तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोकसाहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

तुलसीमान श्रेष्ठ स्मृति समाजको हालै सम्पन्न बैठकले आगामि मङ्सीको २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहका बीच सताव्दी पुरुष जोशीलाई दोस्रो तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको समाजका सदस्य निरजमान श्रेष्ठले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाको हातबाट संस्कृतिविद जोशीलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको श्रेष्ठले बताए ।

पुरस्कारको राशी १५ हजार रुपैयाँको रहेको छ ।

यसअघि पहिलो पुरस्कार साहित्यकार प्राध्यापक चुडामणि बन्धुलाई प्रदान गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयका पूर्व सहप्राध्यापक स्वर्गीय तुलसीमान श्रेष्ठको लोकसाहित्य तथा लोकगीतसम्बन्धी आधा दर्जन पुस्तक प्रकाशित छन् ।
साथै समाजले तुलसीमान श्रेष्ठले पढाएकोगोरखा पालुङ्टार नगरपालिका ७ स्थित जीवनज्योति माविका चार जना गरीव तथा जेहेन्दार चारजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । त्यहाँ पढ्ने दिवस कुमाल, गणेश कुमाल टेक घले र सिर्जना कुमाललाई जनही पाँच जहार रुपैयाँका दरले प्रदान गरिने श्रेष्ठले बताए ।

पालुङ्टार नगरपालिका ७ च्याङ्ली निबासी स्व. श्रेष्ठ दरौंदी प्रकाशनका संस्थापक सम्पादक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्