| सोमवार, माघ १३, २०७६

शहीद लखन गाउँपालिकामा महिला हिंसा विरुद्धको अभियान

शहिद लखन गाउँपालिकाले लैंङ्गिक हिंसा विरुद्बको १६ दिने अभियानको १० औं दिन गाउँ कार्यपालिकाको कार्यालयमा १ दिने कार्यक्रम सम्पन्न गरेको छ ।

“समानताको पुस्ता, बलात्कार विरुद्ध ऐकेवद्धता“ भन्ने नारा अन्तर्गतको शीर्षकमा मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।

शहिद लखन गाउँपालिकाका ११ वटा मा.वि. का ११ जना विद्यार्थीहरु बीच प्रतिस्पर्धा भएको उक्त वक्तृत्वकला कार्यक्रममा रामेश्वरी मा.वि. बुंकोटका छात्रा आशिका ढकाल प्रथम, जनशक्ति मा.वि. नामजुङ्गका छात्र अरविन गोतामे द्वितीय, शहिद स्मृति मा.वि. बुंकोटका छात्रा गिता सिर्मल तृतीय र हिमालय मा.वि. घैरुङ्गका छात्रा गीता सिर्मलले सान्त्वना स्थान हासिल गरे ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर तथा उपाध्यक्ष इन्दिरा तिवारीले महिला हिंसाजस्तो जघन्य अपराध बढ्ने गरेकाले सो विरुद्ध गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष थापाले बताए । कार्यक्रमका अध्यक्ष एवं गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले महिला विरुद्ब हुने अपराध र विभेदको अन्त्य गर्न महिला सशक्तिकरणमा ध्यान दिनुपर्ने बताइन् ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले कानुनले महिला अधिकारका लागि व्यवस्था गरेपनि वर्तमान आधुनिक समयमा समेत हुनु विडम्वनापूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्