| आइतवार, माघ ५, २०७६

मुआव्जा पुनरावलोकन गर्न उद्योग वाणिज्य संघ आरुघाट बजार इकाइको आग्रह

गोरखा उद्योग वाणिज्य संघ आरुघाट वजार इकाईले पनि आरुघाट, खहरे र विशालनगरक्षेत्रको मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै इकाइले ती वजारक्षेत्रको बहुआयामिक महत्व कुण्ठित हुने गरि गरिएको आरोप छ ।

मुआब्जा निर्धारण अवैज्ञानिक भएको इकाईका अध्यक्ष विश्वकुमार श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मुआब्जा निर्धारणका क्रममा ब्यापार ब्यवसायको ख्यातीलाई समेत बेवास्ता गरिएकाले स्थानीय प्रभावितको आन्दोलनमा ऐक्वद्धता जनाउनु परेको उद्योग वाणिज्य संघ आरुघाट वजार इकाईले जनाएको छ ।

बूढीगण्डकी आयोजनालाई नै नकारात्मक असर पर्नेगरि गरिएको मुआब्जा निर्धारण अन्याय पूर्ण रहेको पनि इकाईको विज्ञप्तिमा उल्लेख छ ।
पुनर्वास र पुनस्र्थापना को प्याकेज सहित एकमुष्ट रुपमा फेरि मुआब्जा निर्धारण गर्न इकाईले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्