| सोमवार, माघ १३, २०७६

बूढीगण्डकीको मुआव्जा पुनरावलोकन गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

बुढीगण्डकी जलविद्युत आयोजना को मुआब्जा वितरणमा पुन मुल्याङ्कनको माग गर्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
बुधबार बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितका लागि सरकारले गोरखाको आरुघाट, आर्खेत र धादिङ्गको खहरे क्षेत्रको निर्धारण गरिएको मुआब्जा माथि पुन मुल्यांकन गर्न माग गर्दै बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले प्रदर्शन गरेको हो ।

।उनीहरुले पूर्नवासको ग्यारेन्टी हुनुपर्ने, अव्यवहारिक मुआब्जा निर्धारण मुल्य मान्दैनौ, सुकुम्बासी बनाउने मुआब्जा निर्धारण मुल्य खारेज गरिनुपर्ने, आयोजना सिघ्र कार्यान्वयन गर्नुपर्ने लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सरकारले मंगलबार आयोजनाको डुबानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको आरुघाट र आर्खेतको मुआब्जा निर्धारण गरेको थियो । जसमा जग्गाको अवस्था हेरेर प्रतिआना न्यूनतम ५० हजारदेखि अधिकतम ७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरेको छ । गोरखाको आरुघाट क्षेत्रमा ५ सय ३७ र आर्खेत क्षेत्रमा ७२ रोपनी तथा धादिङको खहरे क्षेत्रको २ सय ४५ र आरुघाट विशालनगरको ९ सय १० रोपनी जग्गाको मुआब्जा निर्धारण गरेको छ ।

बूढीगण्डकी आयोजनाबाट गोरखाका १४ र धादिङका १३ वटा साविक गाविसहरु प्रभावित हुनेछन् । आयोजना निर्माणका लागि ५८ हजार १ सय ५३ रोपनी जग्गा अधिग्रहण गरिएको छ । बूढीगण्डकी आयोजनाको डुबानमा पर्नेमध्ये अहिलेसम्म ४४ हजार ६ सय ५८ रोपनी जग्गाको २६ अर्व ८४ करोड ४६ लाख ४९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्