| शनिबार, बैशाख ८, २०८१

बजेट खर्च गर्न पनि नसक्ने बहादुर हामी

केही बर्षअघिसम्म नेपालमा पूर्वाधार विकासका लागि बजेट अभाव हुने गथ्र्यो । तर अहिले समय बदलिएको छ । पूर्वाधार विकासका लागि अहिले बजेट हुन्छ, तर खर्च गर्न नसकेर ठूलो परिमाणमा बजेट फिर्ता जान्छ ।

यस्तै घटना छ, अहिले जिल्ला समन्वय समिति गोरखामा । जिसस गोरखाको खातामा अहिले १८ करोड रुपैयाँ रोयल्टी रकम थन्किएर बसेको छ । विद्युत रोयल्टी, पर्यटन रोयल्टी, नदीजन्य सामग्री ठेक्का लगाउँदा जम्मा भएको रोयल्टीलगायत शीर्षकबाट जिससमा २०७५ साल अघि जम्मा भएको रोयल्टी रकम खर्च हुन नसकेको हो । त्यो परिमाणको रकम दुईबर्षदेखि थुप्रिएर रहेको छ ।

सो रकम केही गाउँपालिकाको बिभिन्न भवन निर्माणका लागि बिनियोजन गरिएको थियो तर ती गाउँपालिकाले योजना बनाउन सकेका छैनन् । खर्च गर्न सकेका छैनन् । जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालका अनुसार अझै कतिपय स्थानीय तहले योजना पेश गरेका छैनन् । जिल्लाका नौ वटा गाउँ पालिकालाई रु. एक करोड १० लाखका दरले र दुईवटा नगरपालिकालाई एक करोड ४० लाखका दरले बजेट दिर्ने निर्णय गरेको थियो ।

यस्ता समस्या अरु योजनामा पनि छन् । जहाँ बजेट छ, खर्च गर्ने क्षमता छैन । यसखालका समस्याको राम्ररी अध्ययन गरी बजेट खर्च गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने कार्यक्रम गर्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्