| शुक्रबार, चैत्र १६, २०८०

द वल्ड क्यापिटल एजुकेशनल इन्स्टिच्यूटमा पुनः बाबुराम अर्याल

गोरखा नगरपालिका ८ रानिबन मा सञ्चालित द वल्ड क्यापिटल माध्यामिक विद्यालय सञ्चालक संस्था द वल्ड क्यापिटल एजुकेशनल इन्स्टिच्यूटको ३० औँ वार्षिक साधारण सभा एवं ११ औँ अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले पुन बाबुराम अर्याल सहित पहिले रहेकाहरुलाई नै सर्वसम्मत आउँदो कार्यकालको लागि चयन गरेको हो । अध्यक्षमा अर्याल, उपाध्यक्ष रामबाबु श्रेष्ठ, सचिव रामबाबु जोशी, कोषाध्यक्ष ज्ञानहरी अर्याल, सदस्यहरुमा सानुकाजी वन्त, अर्जुनप्रसाद श्रेष्ठ, तुलसा मरहट्टा रहेका छन् ।

कार्यक्रममा नाराणकाजी श्रेष्ठ, बद्रिबहादुर मास्के, बसन्तपचन्द्र मरहट्टा, शिवप्रसाद अर्याल लगायतले मन्तब्य राखेका विद्यालयका प्रिन्सिपल जनक केसीले बताए । अहिले नर्शरी देखि कक्षा १२ सम्म करिब एक हजार आठ सय जना विद्यार्थी उक्त विद्यालयमा पढ्दै आएका छन् । आउँदो दिनमा पठनपाठन अझै प्रभावकारी बनाउने विषयमा छलफल समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्