| शुक्रबार, बैशाख ७, २०८१

बारपाक सुलिकोटमा भएको फुटबलको उपाधि जलदेवीलाई

बारपाक सुलिकोट गाउँपालि७ को मण्डली युवा क्लवले आयोजना गरेको सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी जलदेवी युवा क्लव आप्रिकले जितेको छ । मण्डली युवा क्लवलाई पराजित गर्दै बिजेता जलदेवीले नगद ५० हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाएको हो ।

उप बिजेता मण्डली युवा क्लवले नगद २५ हजार पाएको छ । १७ टिम प्रतियोगितामा सहभागी भएको सलिना गुरुङले जानकारी दिईन ।

आयोजक मण्डली युवा क्लवले फुटबल सँगै न्वागि विषेश साँस्कृतिक कार्यक्रम पनि सञ्चलन गरेको थियो । क्लवका अध्यक्ष दिर्घमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, गाउँपालिका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, वडा अध्यक्ष कृष्ण गुरुङ, तमू ह्यूल छोँजधी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय उपाध्यक्ष नरबहादुर गुरुङ, समाजसेवी दलबहादुर गुरुङ, वडा सदस्य माया गुरुङ लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय एवं स्थानीय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती समेत देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्