| शुक्रबार, मंसिर २०, २०७६

पालिकाहरुमा खानेपानी महासंघ गठन

सिरानचोक गाउँपालिकामा पालिका स्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गठन भएको छ ।

मंगलवार आयोजित एक कार्यक्रमका बिच दिपक भट्ट अध्यक्ष रहने गरी ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा निर्मला ढकाल, सचिव जुमदिन मियाँ, कोषाध्यक्ष मञ्जु सापकोटा र सुजित गुरुङ, सान्ता गुरुङ, हरि पोखरेल, कमला मरहट्टा रणबहादुर खनाल लगायत रहेका छन् ।
यस अघि मंसिर १ गते बारपाक सुलिकोट गाउँपालिकामा मोहन ढकालको अध्यक्षतामा र गोरखा नगरपालिकामा उदयनन्द सिम्खडा अध्यक्ष रहने गरी समिति गठन गरिएको छ । स्वाँरा सघन गाउँबिकास केन्द्र र केयर नेपालको सहयोगमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा गोरखाले समिति गठन सँगै क्षमता अभिवृद्धी कार्यक्रम पनि गरेको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष रिता देवकोटा, वडा अध्यक्ष सन्तोष गुरुङ, खानेपानी महासंघका जिल्ला अध्यक्ष देवी प्रसाद श्रेष्ठ, केन्द्रिय सदस्य शिव केसी, केशरसिंह बस्नेत लगायतले धारणा राखेका थिए ।

सोही क्रममा पालिका भित्रका खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरुलाई एकै ठाउँमा भेला गराएर प्रशिक्षण दिइएको प्रशिक्षक शिव केसीले बताए । खानेपानी सुरक्षाको योजना, स्रोत दर्ता प्रक्रिया, उपभोक्ताको जिम्मेवारी बहनका बारेमा जानकारी गराइएको थियो । पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका र शहिद लखन गाउँपालिकामा छिट्टै प्रशिक्षण सहित पालिका स्तरको समिति गठन गर्ने योजना रहेको जिल्ला अध्यक्ष देवीप्रसाद श्रेष्ठले बताए । मुहान देखि मुख सम्म स्वच्छ पिउने पानी पु¥याउने योजना अनुसार महासंघले काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्