| शनिबार, बैशाख ८, २०८१

साधना लघुवित्तको दोस्रो वार्षिक उत्सवमा बिभिन्न कार्यक्रम सम्पन्न

गोरखामा प्रधान कार्यालय रहेको साधन लघुबित्त संस्थाले दोस्रो वर्ष पुरा गरेको अवसरमा गोरखा सदरमुकामको मुख्य बजार क्षेत्रको सरसफाई गरेको छ । मंगलवार बिहान ठुलो आगनबाट सुरु भएको सरसफाई बसपार्क, शक्तिचोक, हरमटारी, घ्याम्पेशाल बसपार्क सम्म चलेको थियो । नाला सफा गर्ने, फोहोर टिप्ने, बडार्ने गरेर संस्थाक कर्मचारी सरसफाईमा सरिक बने ।

सरसफाई उद्घाटन कार्यक्रममा साधन लघुबित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बित्तिय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर नगरनगर क्षेत्रको सरसफाई गरिएको बताए । ‘सामाजिक काममा पनि हाम्रो उत्तिकै जिम्मेवारी हुन्छ’ उनले भने ‘सोही अन्र्तगत हामीले सरसफाई गरेका हौँ ।’ उक्त कार्यक्रमलाई हरेक महिना निरन्तरता दिने उनले बताए । बित्तिय संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले बित्तिय संस्थाले छोटो समयमा नै ग्राहाक सदस्यको मन जित्न सफल भएको भन्दै अझै सेवाग्राही लक्षित काम गर्न सुझाब दिए ।

तेस्रो वर्ष प्रवेश गरेको अवसरमा शाशिषकुमार तामाङलाई उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मान गरिएको संस्थाले जनाएको छ । साधना लघुबित्त बित्तीय संस्थाले कार्तिक मसान्त सम्ममा ४७ बटा शाखाकार्यालयबाट ३८ हजार घरपरिबारलाई बित्तीय सेबा प्रबाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्