| शनिबार, मंसिर २१, २०७६

थालाजुङमा निशुल्क स्वास्थ्य शिविर नौ सय भन्दा बढिले सेवा लिए

सिरानचोक गाउँपालिका वडा नम्बर २ थालाजुङमा कात्तिक एक देखि देखि सुरु भएको निशुल्क स्वास्थ्य शिविरमा मंगलवार सम्म नौ सय ६३ जनाले सेवा लिएका छन् ।

वडा कार्यालय, कादुरी एग्रिकल्चर एण्ड एशोसियसनको आयोजनामा थालाजुङ स्वास्थ्य चौकीमा आयोजित शिविमा ३० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । पाँच सय ८८ जना लेग आँखा जाँच गराएका थिए ।

एक सय ७२ जनाले स्त्री तथा प्रशुती रोगको जाँच गरेका मध्ये छ जनाको पाठेघरमा रिङ राखिएको वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।
तीन सय ४४ जनाले दाँत परिक्षण गराएका मध्ये ७५ जनाको दाँत उखलिएको थियो । गाउँमै विषेशज्ञ सहित शल्यक्रिया शिविर आएको भन्दै स्थानीय खुसी भएका छन् । सेवा लिने मध्ये पाँच सय ८३ जना महिला रहेका छन् ।

शिविरमा दिइएको उपचारका लागि गोरखा सदरमुकामुकाम, चितवन, काठमाण्डौँ जानुपथ्यो । घरमै शिविर आएको बेला जाँच गराउनुपर्छ भन्दै सेवा लिन आउनेहरु उत्साहित बनेको वडा अध्यक्ष गुरुङले बताए ।

आँखा, स्त्रीरोग, दाँत संम्बन्धी उपचार र निशुल्क औषधी शिविरमा बितरण गरिएको छ । शिविर बुधवार पनि चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्