| शनिबार, बैशाख ८, २०८१

गोनपाको ग्रामीण बजारमा बिना दर्ताका पसल

गोरखा नगरपालिकको वडा नम्बर ४ फिनाम, २ ताप्ले र १ श्यामबजार क्षेत्रमा बिना दर्ताका पसल संचालनमा रहेको पाइएको छ । नगरपालिकाको टोलीले मंगलवार कोखे आहाले, श्याम बजार,कटुसघारी लगायत ठाउँमा होटल, किराना पसल, हार्डवयर, मेडिकलको अनुगमन गरेको हो ।

‘४७ वटा पसल अनुगमन गरेको मध्ये अधिकासं दर्ता थिएन, म्याद नाघेका खाद्यान्न पनि भेटियो’ गोरखा नगरपालिकाका प्रशासकिय अधिकृत चेप्रसाद अम्गाईले भने । अधिकासं पसलहरुको नाम, आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको नम्बर नरहेको उनले बताए । दर्ता गर्न निर्देशन सँगै दुई हप्ताको अल्टिमेट नगरपालिकाले दिएको छ । ब्यवशाय संचालन गरेर बसेकाहरुले अहिले सम्म कसैले पनि दर्ता गर्न नभनेको, आन्तरिक राजस्व कर्यालयमा दर्ता गर्नुपर्छ भन्ने थाहा नभएको बताएका थिए ।

पछिल्लो समय गोरखा नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरबासीले म्याद सकिएको अखाद्य बस्तु खानु नपरोस् भन्ने योजनाले निरन्तर अनुगमन गरिएको जनाएको छ । उपभोग्य सामग्री खरिद गर्दा उपभोक्ताले पनि म्याद हेर्ने, मूल्य सुची हेर्ने, सही पसल र सामग्री छनौट गर्ने हो भने बजार सुधार हुँदै जाने अधिकृत अम्गाईले बताए ।

प्रतिक्रिया दिनुहोस्