| शनिबार, बैशाख ८, २०८१

गाउँगाउँमा ट्राफिक सचेतना र कारबाही संगसंगै, यसबर्ष गोरखामा सवारी दुर्घटनामा कमी

गाउँगाउँमा सवारी साधन चल्न थालेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला टूाफिक प्रहरी कार्यालय गोरखाले टूाफिक नियम सम्बन्धी सचेतना कार्यक्रमलाई गाउँबस्ती सम्म पु¥याएको छ । दुर्घटना न्यूनिकरण र सवारी नियम पालना गर्ने विषयमा जनचेतनामुलक कार्यक्रमलाई गाउँबस्तीका विद्यालय तथा कलेजसम्म पु¥याएको टूाफिक प्रमुख(सई) सुकबहादुर बिकले बताए ।

कारबाही र सचेतनालाई संगसंगै लगेपछि दुर्घटनामा कमी आएको सई बिकले बताए । ‘कारवाही गरेर मात्रै दुर्घटनामा कमी आउने होइन रहेछ’, उनले भने, ‘चालक, सहचालक, सवारीधनी, यातायात मजदुर र यात्रुलाई सवारी नियम बारे जानकारी गराउँदा दुर्घटना न्यूनिकरण हुने रहेछ ।’ सवारी नियम उलंघन गर्नेलाई महिनामा एक पटक फुलको गुच्चा दिने, खादा लगाउने गरेर टूाफिक प्रहरीले नियम पालना गराउन प्रेरित गरेको छ ।

‘नियम अटेर गर्नु हुँदैन, टूाफिक नियम टूाफिक प्रहरीका लागि होइन, हाम्रै लागि हो भन्ने बुझाउन यो अभियान चलाईएको हो’, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओम अधिकारीले अभियानको शुभारम्भ गर्दै भनेका थिए । टूाफिक नियम उलंघन नगर्ने अनुशासित चालकलाई सम्मान गर्ने, टूाफिक सिग्नल तयार गर्ने, विद्यालय र ग्रामीण स्तरमा सचेतन कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको आइतबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै टूाफिक प्रमुख बिकले भने ।

साउन महिनामा चार पटक, भदौ महिनामा नौ, असोजमा १० र कात्तिकमा ११ वटा टूाफिक नियम पालना गर्न गराउन सचेतना कार्यक्रम संचालन गरिएको थियो । सचेतनापछि मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको संख्या पनि घटेको छ । भदौ महिनामा १२ जना मादक पदार्थ गरेर सवारी साधन चलाएको अभियोगमा कारबाहीमा परेका थिए भने असोजमा १० र कात्तिकमा तीन जना कारवाहीमा परेका आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकराी गराइएको थियो ।

सवारी साधनको संख्या बढेसँगै जरिबाना र कारबाही बढेको टूाफिक प्रहरी बताउँछन् । ०७३÷०७४ मा नियम उलंघन गर्ने आठ सय ६४ सवारी कारवाहीमा परेका थिए भने ७४÷०७५ मा छ सय ६१ र गत वर्ष आठ सय ५३ सवारी कारवाहीमा परेका कार्यक्रममा जानकारी दिइयो । ती सवारी साधनबाट २० लाख ८४ हजार पाँच सय रुपैयाँ जरिबाना लिइएको थियो । तीन वर्षमा एक सय १७ जनाले मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण चालक अनुमति पत्र (लाईसेन्स) प्वाल पारिएको थियो ।

गत वर्षको असारदेखि कात्तिकको चार महिनामा १० वटा सवारी दुर्घटनमा तीन जनाको मृत्यू भएको थियो भने १२ जना गम्भिर घाईते भए । चालु वर्षको चार महिनामा चारवटा दुर्घटनामा एक जनाको मृत्यू भएको छ भने चार जना गम्भिर घाईते भएका छन् ।
गत वर्ष चार महिनामा १० पटक बिभिन्न ठाउँमा सचेतना कार्यक्रम गरेको टूाफिक प्रहरीले चालु वर्षको चार महिनामा ३४ पटक सचेतना कार्यक्रम गरी तीन हजार छ सय ६७ जनालाई सहभागी गराएको छ । चालु वर्ष तीन हजार नौ सय ५० सवारी साधन कारवाहीमा परेका छन भने २८ लाख २९ हजार जरिवाना (राजस्व) संकलन भएको छ ।

गत वर्ष सोही अवधीमा उक्त संख्या तीन हजार चार सय ५० थियो भने २१ लाख ७५ हजार पाँच सय राजस्व संकलन भएको थियो । ‘सम्झाई बुझाई मात्रै गरेर नहुने रहेछ’, टूाफिक प्रहरी टिका शर्माले भने ‘जरिवानाले पनि नियम उलंघन गर्न निरुत्साहित गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्