| शनिबार, मंसिर २१, २०७६

नेपाली सेनाले बनाएको गोरखाको सडकको प्रगति बारे उच्च अधिकारीद्वारा अनुगमन

दरौंदी ः संघीय सरकारका विभिन्न मन्त्रालयका अधिकारीहरुले नेपाली सेनाले गोरखामा निर्माण गरिरहेको मोटरबाटोको निरिक्षण गरेका छन् । भौतिक योजना, रक्षा लगायतका मन्त्रालयका सचिव सहितका अधिकारीहरुले बेनीघाट आरुघाट आर्खेत सडकखण्ड अन्तर्गत नेपाली सेनाले निर्माण गरेको सडकको अवलोकन गरेका हुन् । सेनाले २०७४ सालको बैशाखदेखि उक्त सडकखण्ड अन्तर्गत लापूको हावाडाँडाबाट ट्रयाक निर्माण थालेको हो । सो क्रममा हालसम्म साढे २६ किलोमिटर ट्रयाक निर्माण सकिएको छ । सरकारी टोलीलाई सडक निर्माण कार्यदलका मेजर निशान्त पण्डित क्षेत्रीले निर्माणको प्रगति र चुनौती लगायतका विषयमा जानकारी गराउनुभएको थियो । सरकारले उक्त सडकखण्ड निर्माणका लागि ७ करोड रुपैया विनियोजन गरेको छ । गत आर्थिक वर्ष २१ करोड ५० लाख रुपैया विनियोजन भएकोमा यो वर्ष वजेट घटेर आएको हो । तर सरकारी टोलीले भने चीन जोड्ने गरि निर्माण भैरहेको उक्त सडकमा वजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्