| शनिबार, बैशाख ८, २०८१

राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याच गोरखामा दीक्षित

दरौंदी : राष्टिूय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याचको दीक्षान्त कार्यक्रम गोरखामा सम्पन्न भएको छ । अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस स्वीस सरकार विकास सहयोग र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित एक वर्षे कार्यक्रमको सन् २०१९ को चौथो सत्र तथा दिक्षान्त कार्यक्रम हिमाली जिल्ला गोरखामा सम्पन्न भएको हो ।
दिक्षान्त समारोहमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा, नेपाल प्रहरीका पूर्व महानिरीक्षक तथा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान, गोरखाका प्रमुख जिल्ला अधिकारी श्री देवेन्द्र लमिछाने, युनिभर्सिटी अफ सान डिएगो अन्तर्गत आईपीजेका कार्यक्रम अधिकृत ड्यानियल ओर्थ, नेपालस्थित स्वीस राजदूतावासका राजनीतिक सल्लाहकार प्रतिज्ञा सिंखडा बास्कोटा, आईपीजेको नेपाल साझेदार लिडरशीप एकेडेमीका अध्यक्ष सन्तोष साह लगायत गोरखाका राजनीतिक दल, सुरक्षाका प्रमुखहरु, बिभिन्न सङ्ग संस्था हरु, नागरिक समाज तथा बुद्धिजिबी को उपस्तिथीमा सहभागीहरुलाई प्रमाणपत्र तथा ब्याच वितरण गरियो । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा ऐतिहासिक स्थल गोरखामा आयोजित राष्टिूय युवा नेतृत्व अध्ययन कार्यक्रमले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसले गोरखाको प्रचार देशविदेशमा हुन पुगेको उहाँको भनाइ थियो । राष्टिूय युवा नेतृत्व अध्ययन कार्यक्रमले नेपालको भूगोल, संस्कृति, भेषभुषालाई एकआपसमा जोडेको उहाँको भनाइ थियो । यसले राष्टिूयताको प्रवद्र्धनमा पनि सकारात्मक भूमिका खेलेको धारणा उनले व्यक्त गरे । नेपाल प्रहरीका पूर्व महानिरीक्षक तथा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानले भिन्न, भूगोल, आस्था, वर्ग, लिंगका व्यक्तिहरुबीचको अन्तरक्रिया नै राष्टिूय युवा नेतृत्व अध्ययन कार्यक्रम भएको बताउँदै कार्यक्रम सार्थक भएको बताए । युवा नेताहरुमा नेतृत्व क्षमताको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले युवा नै भविष्य भएको धारणा राखे । आईपीजेका कार्यक्रम अधिकृत ड्यानियल ओर्थले आईपीजे नेपालको शान्ति प्रक्रियामा सुरुवातदेखि नै काम गरिरहेको जानकारी दिँदै राष्टिूय युवा नेतृत्व अध्ययन कार्यक्रम पनि त्यसैको निरन्तरताको रुपमा सञ्चालन गरिएको बताए । नेपालस्थित स्वीस बिकास सहयोगबाट प्रतीनिधित्व गर्नु भऐको राजनीतिक सल्लाहकार प्रतिज्ञा सिंखडा बास्कोटाले नेपाल केन्द्र शासित शासन व्यवस्थाबाट संघीयतातिर गइरहेको बेला सञ्चालित राष्टिूय युवा नेतृत्व अध्ययन कार्यक्रम समयसापेक्षित रहेको बताए । “जनतासँग सीप, ज्ञान र आफ्नो कामप्रति लगाव भएको खण्डमा सफलताको सम्भावना बढेर जान्छ । परिवर्तन चाहने नेताका लागि त यो कुरा झन् बढी सान्दर्भिक हुन्छ । यो कार्यक्रमले त्यो सीप र ज्ञान तपाईहरुलाई दिएको छ । एउटा नेताको रुपमा तपाईहरुले दुर्गम र पहुँच नभएका सिमान्तकृत वर्गहरुप्रति अझ बढी जिम्मेवार हुनुपर्छ । तपाईको समाजमा रहेका संरचनागत वाधा व्यवधान तोड्न र द्धन्द्धको श्रृंखलासँग जुध्न यो कार्यक्रम एउटा बलियो माध्यम बन्न सक्छ,” उनले भने ।
सहभागीहरुको तर्फबाट गण्डकी प्रदेशबाट बेदबहादुर थापा, प्रदेश नम्बर दुईबाट गुञ्जनकुमारी राय, प्रदेश नम्बर तीनबाट रोविन लामा र गण्डकी प्रदेशबाट पूजा पौडेलले आफ्नो अनुभव सुनाउँदै कार्यक्रमको माध्यमबाट विभिन्न क्षेत्रको कला संस्कृति, भेषभुषा, रहनसहन आदि सिक्ने अवसर मिलेको र सकारात्मक सोच, विवाद समाधानका सूत्र तथा नेतृत्व विकासका अन्य थुप्रै विषयहरु सिक्ने अवसर मिलेको बताए ।
यस शैक्षिक सत्रको शुभारम्भ प्रदेश नम्बर ५ को नेपालगन्जमा भएको थियो भने तीन(तीन महिनाको अवधिमा काठमाडौं, कास्की र गोरखामा शैक्षिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्