| मङ्लबार, कार्तिक २६, २०७६

विर्दिफाँटको धानमा नेकब्लास्टको संक्रमण

पालुङटार नगरपालिका ९ को विर्दिमा किसानले लगाएका धानमा नेकब्लास्ट रोगले क्षति पु¥याएको छ । उक्त रोगका कारण करीब पाचँ सय रोपनीमा किसानले लगाएको धानबालीमा क्षति पुगेको छ । किसानको गुनासोका आधारमा बाली संरक्षण प्रयोगशाला पोखराका बरीष्ठ बाली संरक्षण अधिकृत धनबहादुर थापा सहित ज्ञान केन्द्रको टोलीले सो क्षेत्रमा गरेको निरीक्षणका क्रममा ३५ जना किसानले लगाएको धानमा यो रोगको संक्रमण पाइएको हो । नेक ब्लास्ट धान पसाएपछि देखिने रोग हो । धान पसाएपछि बालामुनिको घाँटीमा जीवाणुले आक्रमण गर्छ र कालो दाग देखिन्छ । बाला सबै सुकेर धानको भुसमात्र बाँकी रहन्छ ।

संक्रमणका कारण किसानहरुको करीब १० प्रतिशतसम्म धान नष्ट भएको पाईएको कार्यालयका बाली संरक्षण अधिकृत भवनाथ देवकोटाले जानकारी दिए ।‘अहिले नोक्सान त्यत्रि धेरै देखिएको छैन तर अब १०÷१५ दिनमा धान पाक्छ । यो बेलामा नोक्सान पनि बढ्छ ।’ उनले भने । तीनबर्षदेखि धानमा नेकब्लास्ट समस्या देखिएपछि अघिल्लोबर्ष हर्दिनाथ जातको धान रोपेका किसानले यो बर्ष सावित्रि जातको धान लगाएका थिए । तर सावित्रि जातको धानमा पनि गतबर्षजस्तै समस्या दोहोरीएको हो । धानको बाला निस्कीएपछि यो समस्या देखिएको बाली संरक्षण अधिकृत देवकोटाले बताए । ‘यो घाँटी मरुवा समस्या हो’ उनले भने ‘बाला लागिसकेपछि रोग देखा पर्ने भएकाले यो रोकथामका लागि समस्या हुन्छ । बालामा करीब ४०÷५० प्रतिशत धान त राम्रै देखिएको छ तर । अब धान पाकीसक्दासम्म त्यो रहन्न होला । उत्पादनमा ८÷१० प्रतिशत कमी होला ।’

आगामी बर्ष यो रोगबाट बच्नका लागि धान फुल्दै गरेको समयमा क्रिप्टन नामको औषधि कृषि प्राविधिकको परामर्श अनुसार प्रयोग गर्न बरीष्ठ बाली संरक्षण अधिकृत थापाले किसानलाई सुझाव दिएका छन् । अझैपनि ढिलो पाक्ने धानलाई रोगको संक्रमणबाट जोगाउन औषधी प्रयोग गर्न सकिने उनको भनाई छ । कृषि ज्ञान केन्द्रको सिफारीसका आधारमा बाली संरक्षण प्रयोगशाला पोखराले निशुल्क औषधि उपलब्ध गराउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्