| बिहिबार, मंसिर ५, २०७६

चार हजार जनालाई दक्ष डकर्मीको तालिम

दरौंदी ः गोरखामा सुरक्षित तथा गुणस्तरीय निजी आवास निर्माणका लागि नेपाल आवास पुनर्निर्माण परियोजनाले चार हजार जनालाई दक्ष डकर्मीको तालिम दिएको छ ।
भारत सरकारबाट सहयोग प्राप्त परियोजनाले भुकम्पपछि निर्माणाधीन घरमै पुगेर डकर्मीलाई तालिम दिएको हो । गोरखा र पालुङटार नगरपालिका, अजिरकोट, आरुघाट, गण्डकी, शहिदलखन, सिरानचोक र धार्चे गाँउपालिकामा तालिम दिएको परियोजनाका बरिष्ठ इन्जिनियर सन्तोष लामाले बताए ।
उनका अनुसार तालिम लिनेमा दुईसय ४० जना महिला छन् । तालिममा विशेष गरी राष्टिूय भवन निर्माण संहिताअनुसार ढुङ्गा माटो, इटाको गारो, सुधारात्मक विधि, प्रबलिकरण, वैकल्पिक प्रविधिबाट बन्ने घर लगायतमा विभिन्न ढाँचामा सिकाउने गरिएको लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्