| शनिबार, बैशाख ८, २०८१

सामुदायिक संस्थाका सञ्जालको बैठक सम्पन्न

दरौँदी ः गण्डकी गाउँपालिकाका विभिन्न सामुदायिक संस्थाहरुको सञ्जालको बैठक सम्पन्न भएको छ । गरिबी निवारण कोषको आर्थिक सहयोगमा गोरेटो गोरखाद्धारा सञ्चालनमा रहेको गरिवी निबारण कार्यक्रममा जिल्लाको गण्डकी गाउँपालिका अन्तर्गत साविकका दर्बुङ्ग, ताङ्लिचोक र भुम्लीचोक गाविसमा गठन गरिएका सामुदायिक संस्थाहरुको सञ्जालको बैठक सम्पन्न गरिएको हो । वडा कार्यालयहरुमा भएको सञ्जालको बैठकमा सामुदायिक संस्थाहरुलाई स्थानीय सहकारीको विकास गरी कार्य सम्पादन गर्ने विषयमा छलफल गरिएको गोरेटो गोरखाका कार्यक्रम संयोजक विनोद पाण्डेले जानकारी दिए । दर्बुङ्गमा १२, ताङ्गलिचोकमा ११ र भुम्लीचोकमा १० र मकैसिङमा ११ वटा सस्था गठन भई विभिन्न आयमुलक कार्य गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्