| शनिबार, कार्तिक २, २०७६

जब अर्का को बुढा ले चिजालाई कान्छु भनेपछि (भिडियो सहित)

भिम श्रेष्ठ  : लगनशिलता र निरन्तरताले एक दिन सफल बनाउछ भन्ने युक्तीलाई सत्य  साबित गराउने गायिका मध्येको एक हुन चिजा तामाङ । लामो समयदेखी यसै क्षेत्रमा संघर्षशिल गायिका चिजा ले धेरै दर्शक श्रोता को आग्रहअनुसार यो पटक कौरा गीत कान्छू बजारमा ल्याएकी हुन।  यो भन्दा पहिले लाहुरे मलाएको , गोरखालिको छोरी मेरै बूढो राम्रो जस्ता गीतले बजार तताइसकेकी तामाङले यस कौरा गीत आशिष म्यूजिक प्रालको ब्यानरमा बजारमा ल्याएकी हुन ।

मौलिक गीत को अर्को नाम मौषम गुरुङको शब्द र लय रहेको कान्छुमा चिजा लाई स्वरमा साथ उनै गायक सर्जक मौषम  गुरुङ ले नै दिएका छ्न । मौषम हिमालीको निर्देशनमा छायांकन गरिएको म्यूजिक भिडियो मा अहिलेकी चर्चित मोडेल रिना थापा मगर ले अभिनय गरेकी छिन ।  गीत संगीतको तिनै जना (चिजा मौसम र रिना) प्रखर ब्याक्तित्व को संयोजन भएको कान्छु को दृश्य निर्माणमा एकता फिल्मले सहयोग गरेको छ । हेर्दा नायिका जस्तो देखिने गायिका चिजाको यो कौरा गीत ले दर्शक श्रोता मन जित्न सफल होस हाम्रो पनि शुभकामना छ

प्रतिक्रिया दिनुहोस्