| शनिबार, भदौ ७, २०७६

प्रहरी

विप्लबका जिल्ला सदस्य रामबाबु लामिछाने पक्राउ

दरौँदी ः  नेत्रविक्रम चन्द विप्लब नेतृत्वका नेपाल कम्यूनिष्ट पार्टी (नेकपाका) जिल्ला सदस्य रामबाबु लामिछाने पक्राउ परेका छन् ।
विभिन्न अराजनितिक गतिविधि गरेको भन्दै देशैभरीका प्रहरीलाई विप्लप नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता पक्राउ गर्ने गृहमन्त्रालयको आदेश पछि उनलाई इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । यस अघि सोही पार्टीका जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।
लामिछानेलाई आरुघाटबाट बाट विहान साँढे ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्