| शनिबार, कार्तिक २, २०७६

क्यान्सरको बारेमा सचेतना फैलाउन गोरखाकी चेलीको सगरमाथा आरोहण

महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको बारेमा सचेतना फैलाउने उदेश्यका साथ फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथा आरोहण गर्ने भएकी छन्।

 

करुणा फाउण्डेसन नेपाल र फिमेल क्यान्सर फाउण्डेसनको सहकार्यमा पत्रकार श्रेष्ठले सगरमाथा आरोहण गर्ने भएकी हुन्।

८ हजार एक सय ६३ मिटर अग्लो विश्वकै आठौं उच्च मनासलु हिमालको आरोहण गरिसकेकी पत्रकार श्रेष्ठ ८ हजार ८ सयर ४८ मिटरको सगरमाथा आरोहण गर्न लागेकी छन्। मनासलु हिमाल आरोहण गर्दा उनले १२ लाख खर्च गरेकि थिइन्।

श्रेष्ठले सगरमाथाको वेस क्याम्प देखि नै नेपाली महिलाहरुको फोटो प्रदर्शn गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस्