| शनिबार, बैशाख ८, २०८१

छेपेटारमा ६० जना बस्ने बृद्धाश्रम

दरौँदी ः गोरखा नगरपालिका १० स्थित छेपेटारमा रहेको दरौँदी नदिको किनारमा रहेको जग्गामा सुविधा सम्पन्न सरकारी बृद्धाश्रम निर्माणको प्रक्रिया अघि बढेको छ । हरेक प्रदेशमा एउटा सुविधा सम्पन्न बृद्धाश्रम निर्माण गर्ने सरकारको निती अनुसार छेपेटारमा सुविधा सम्पन्न बृद्धाश्रम निर्माण हुने भएको हो । ‘बृद्धाश्रम निर्माणको लागि ठेक्को सूचना प्रकाशन गरिसकेका छौँ’ भवन डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले भने ‘११ करोड रुपैँया बराबरको ठेक्का आह्वान गरिएको हो ।’ ठेक्काको लागि सूचना प्रकाशन भएको करिब एक हप्ता भएको श्रेष्ठले जानकारी दिए । ठेक्का पाउने कम्पनीले ठेल्ला लागेको दिनबाट ११ महिना भित्र निर्माण गरिसक्नुपर्नेछ । बृद्धाआश्रम निर्माणको लागि इञ्जिनियरिङ नक्साहरु बनिसकेको उनको भनाई छ । बृद्धाआश्रम डिभिजन कार्यालयको आवास ब्यवस्थापन कार्यक्रम अन्तरगत बन्न लागेको हो ।
६० जना भन्दा धेरै बस्न मिल्ने गरी निर्माण हुने बृद्धाआश्रमको दुई वटा भवन हुने छ । ‘दुई वटा भवन निर्माण हुनेछन्’ उनले भने ‘एउटा भवनचाहीँ बृद्धबृद्धाहरु बस्ने, सुत्ने प्रयोजनको लागि हुन्छ । अर्काे चाहीँ त्यहाँ रकेका बृद्धबृद्धाहरुलाई धर्मकर्मका लागि, शारिरीक ब्यायामका लागि ठाउँ निर्माण गरिने छ । यहाँ बस्न आउने बृद्धबृद्धाहरु कस्ता हुने भन्नेबारे स्थानीय स्तरका जनप्रतिनिधीले टुंगो लगाउँछन् ।’

प्रतिक्रिया दिनुहोस्