| शनिबार, बैशाख ८, २०८१

गाई काटेको अभियोगमा एउटै खलकका चार जना पक्राउ

गाई काटेको आरोपमा गोरखा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । बारपाक सुलीकोट गाउँपालिका ४ सौरपानी ग्याजीका चारजनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

गत मंगलबार राती ११ बजे स्थानीय भीमे नेपालीको गोठबाट गाई चोरेर लगी काटेको डिएसपी खतिवडाले बताए ।

गाई काट्न सहभागीको आरोपमा स्थानीय केवल नेपाली, राजु नेपाली, पारस रम्तेल र सुपारीकाली भन्ने सविना नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सौरपानी चौकीबाट खटिएका प्रहरीले बुधबार पक्राउ गरी इप्रका जौबारी हुदै जिप्रका पठाएका थिए ।

पारसबाहेक उनीहरु एउटै खलक भएको प्रहरी चौकी सौरपानीले जनाएको छ ।

उनीहरुविरुद्ध ‘गोवध’ शीर्षकमा मुद्धा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी खतिवडाले जनाए ।
स्थानीयबासीको सूचनाको आधारमा गएको प्रहरीले बोरामा बाँधेर कोदोबारीमा खाल्डो खनेर लुकाइ राखेको अबस्थामा गाईको मासु पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्