| आइतवार, असार २८, २०७७

तान्द्राङका एक व्यवसायीको पाखुरा मिलको फिताले टुक्र्याइदियो

धान कुट्ने मिलले भीमसेन थापा गाउँपालिका ३ तान्द्राङका इश्वरी लामिछानेको हात मिलले टुक्र्याइदिएको छ । नयाँ मिल सेटिङ गर्ने क्रममा आइतबार साँझ पाँच बजे लामिछानेको दाहिने हात टुक्र्याइदिको स्थानीय शिक्षक श्यामप्रसाद लामिछानेले जानकारी दिए ।

उनलाई आइतबार राती नै काठमाडौं लगिएको र वीरअस्पतालको ट्रमा सेण्टरमा भर्ना गरेर उपचार भइहेको लामिछानेले जानकारी दिएका छन् ।

उनको पाखुराको हाड र मांसपेशी टुक्रिएको अस्पताललाई उद्धृत गर्दै लामिछाले बताए ।

प्रतिक्रिया दिनुहोस्