| शुक्रबार, जेष्ठ २३, २०७७

दोस्रो चरणको कोरोनाबाट कसरी जोगिने ? डा. मरहट्टा भन्छन् : सामाजिक दुरी जति अचुक उपाय अर्को छैन

डाक्टर मोदनाथ मरहट्टा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व डिन हुन् । नेपाल चिकित्सक संघका पूर्व महासचिवसम्म भएर काम गरेका डाक्टर मरहट्टा हाल एनेस्थेसिया तथा आइसीयू विज्ञ हुन् । गोरखाको पालुङ्टार नगरपालिका ९ मिरकोट सेरा घर भई हाल काठमाडौंमा रहेका डाक्टर मरहट्टासंग दरौदी डटकमले विश्वभर फैलिरहेको कोरोनाबाट कसरी जोगिन सकिन्छ भन्ने सन्दर्भमा गरेको कुराकानीको सम्पादित अंश :

१. कोरोना भाइरस(कोभिड १९) को संक्रमण स्थानीयबाट स्थानीयमा सरेर दोस्रो चरणमा पुग्यो भनिएको छ । यो भनेको के हो ? सर्वसाधारणको हिसाबमा पहिलो चरण र दोस्रो चरणमा के भिन्नता हुन्छ ? तेस्रो र चौथो चरण कस्ता हुन्छन् ?

कोभिड संक्रमण प्रक्रियाको ४ चरण हुन्छन् । पहिलो चरणमा बाहिर विदेश वा अन्यत्रबाट आएका ब्यक्तिमा कोरोना भाइरस सिमित रहन्छ । नेपालमा आठौ केश पोजिटिभ हुदासम्म ती सवै विदेशबाट आएका संक्रमित थिए । नवौ केश जुन स्थानीय ब्यक्तिमा संक्रमण देखियो यसबाट नेपाल दोस्रोचरण प्रबेश गरेको पुष्टि हुन्छ । बाहिर बाट आएका ब्यक्तिबाट स्थानीय ब्यक्तिमा रोग सर्नु र संक्रमण हुनु दोस्रो चरण हो । कति ब्यक्तिमा रोग सरिसकेको छ थाहा हुदैन, किनभने भाईसर सरिसकेपछि पनि रोगको लक्षण देखाउन दुईतीन दिनदेखि १४, १५ दिन वा त्योभन्दा बढि समय लाग्न सक्छ । यसरी तेस्रो चरणमा आगन्तुकबाट नभै स्थानीय रुपमै एकबाट अर्को ब्यक्तिमा रोग फैलिन्छ । त्यतिखेर कसवाट कसमा स¥यो भन्ने समेत थाहा हुदैन । धेरै मानिसमा रोग देखिन थाल्छ । चौथो चरणमा रोग भयावह स्थितिमा पुग्दछ, धेरै भन्दा धेरै ब्यक्तिहरु संक्रमित र ग्रसित हुन्छन् । महामारीले कुन रुप लिन्छ थाहा हुदैन । संक्रमण भै रोगका लक्षण देखिनुका विचमा ब्यक्तिहरु स्वस्थकरै रहन्छन् तर त्यस अवधिमा ती ब्यक्तिबाट अरुलाई भाइरस सर्न भने सक्दछ । ती ब्यक्तिहरुबाट भित्रभित्रै रोग फैलने, बाहिर नदेखिने, थाहा नहुने स्थिति अत्यन्त खतरापूर्ण हुन्छ ।

२. पहिलो चरणको दुई साताको अभ्यास त स्थानीयसंग छ । दोस्रो चरणमा सर्वसाधारणले अपनाउनु पर्ने फरक सतर्कताहरु के के हुनसक्छन् ?

दोस्रो चरणले महामाारीको जोखिम तिब्र बढेको संकेत गर्दछ । पहिलो चरणमा बाहय आगन्तुकसंगको कन्टाक्टमा वा हेलमेलमा नगै सर्तक रहनु रोग सर्नबाट जोगिने महत्वपूर्ण उपाय हुन्थ्यो भने दोस्रो चरणमा त कसकसलाई रोग सरिसकेको छ भन्न नसक्ने स्थिति भई हरेकलाई शंका गर्नुपर्ने परिस्थिति सृजना हुन्छ र थप अन्यौल पैदा हुन्छ । यस्तो अवस्थामा रोगबाट बच्ने सवै उपायहरु थप सर्तकताका साथ अवलम्वन गर्नु पर्दछ । कम्तिमा १ मिटरको दुरी कायम गर्नु, केही छोएपछि सावुन पानीले राम्रो संग मिचिमिची बारम्बार हात धुने वा स्यानिटाईजर प्रयोग गर्नु पर्दछ । बाहिर जमघट र संसर्गमा जानु हुदैन । यदि किनमेलको लागि वा अन्य ईमरजेन्सी काम भै बाहिर जानुपर्ने भएमा मास्क लगाएर जाने र अर्को ग्राहक वा ब्यक्तिसंग एकडेड मिटरको दुरी कायम राख्ने गर्नु पर्दछ । सामाजिक दुरी कायम गर्नु,सवै भन्दा महत्वपूर्ण सतर्कता हो । आछ्युँ वा खोकी लागेमा मुख छोपेर मात्र गर्नु पर्दछ ।

३. बिभिन्न देशबाट आएका अधिकांशले होम क्वारेण्टाइन तथा मास क्वारेण्टाइनमा दुईसाता बिताइसकेका छन् । उनीहरु र आम नागरिक, जो पहिलेदेखि गाउँघरमै थिए, उनीहरुको अबस्था उस्तै हुन्छ कि अझै थप केही सतर्कता अपनाउनु पर्छ ?

बाहिरबाट आई होम क्वारेन्टाइन वा मास क्वारेन्टाइनमा रही लक्षण नदेखिएमा वा टेस्ट समेत भै रोग प्रमाणित नभएमा साधारणतया उनीहरुमा रोग छैन वा रोग सर्ने छैन भन्ने वुझिन्छ । तर यो नयाँ रोग हो । त्यसैले यसको पूर्ण अध्ययन नभै सकेको र रोगीसंग सम्पर्क भएको वा यात्रा गरेको २ हप्तापछि पनि रोग देखिएका उदाहरणहरु फेला पर्नु र एक पटक रोग लागी निको भएकाहरुमा समेत रोग देखिएका अपुष्ठ खवर आएको र चीनमा महामारीले सवै चरण पूरा गरिसकेको भनिएपनि संक्रमणको दोस्रो चक्र देखिनुले जोखिम बाँकि रहेको संकेत गर्दछ । अव क्यारेन्टाइन तीन हप्ताको गर्नु पर्ने देखिन्छ साथै यो पूरा गरेपछि अनिवार्य रुपमा स्वाव टेस्ट गरी रोग नभएको पुष्टि भए पछि मात्र घर फर्कन दिनु पर्दछ । त्यसैले आम नागरिक वा क्वारेन्टाइन पूरा गरी घर आएका सवैले नेपालमा यो महामाारीको अन्तिम टुङ्गो नलाग्दासम्मै माथि उल्लेखित सब रोगथामका उपायहरु अवलम्वन गर्देजानु बुद्धिमानी हुन्छ ।

श्वासप्रस्वास, दम, उच्चरक्तचाप मुटु, मिर्गौलाका दीर्घरोगीहरु तथा बृद्धहरुलाई यो रोग सरेमा बढि खतरा हुने हुँदा विशेष सावधानी अपनाउनु आबश्यक हुन्छ ।

 

४. गाउँ सहर सबै लक डाउनमा छन्, जहाँ कुनै संक्रमणका संकेतहरु देखिएका छैनन् । दुईहप्ता पूरा भइसकेको यो समय अब ती ठाउँ सुरक्षित भए ? वा भएका छैनन् । त्यस्ता ठाउँको हकमा के कसरी सतर्कता अपनाउनु पर्छ ?

 

अहिले पूरै देश लकडाउनको स्थितिमा छ । कतिपय पहाडी जिल्लाहरुमाकै कुरा गर्ने हो भने त्यहाँ सतहमा हेर्दा संक्रमणको संकेत वा रोगी छैनन् तर रोग प्रकट नहुँदाको अवस्थामा पनि क्यारिएरमार्फत समाजमा रोग संक्रमण भइरहन सक्छ । चारपाँच हप्तादेखि विदेशवाट आएका विरामी वा क्यारियरसंग सम्पर्क भएका ब्यक्तिहरु वा तिनीहरुसंग सार्वजनिक सम्पर्कमा, भेटमा आएका अन्य ब्यक्तिहरु गाउँघर समाजमा छैनन् भनी एकिन गर्न सक्ने कुरा भएन त्यसैले लक्षण नदेखिदैमा पूर्ण सुरक्षित हुने कुरा भएन । त्यसैले माथि उल्लेखित सतर्कताहरु अपनाउनु पर्ने नै हुन्छ

यस रोगको प्रकृति र औषधी उपचार बारे हाल अध्ययन अनुसन्धान पनि चलिरहेका छन् । खोप तयार पार्न पनि अनुसन्धानहरु भइरहेका छन तर अहिलेसम्म भरपर्दो उपचार र खोप पत्ता नलागिसकेको अवस्था हो । त्यसैले रोग लाग्नबाट बचाउन हर संम्भव उपायहरुको अवलम्बन गर्नु नै बु४िमानी हुने छ । दुरी कायम गर्नु नै अहिले प्राप्त निशुल्क व्रम्हअस्त्र हो । त्यसैले संसारका धेरै देशहरुमा र नेपालमै पनि लकडाउन गरिएको हो । अहिलेको स्थिति हेर्दा जतिसुकै असुविधा भएपनि लकडाउन अझै थप गर्नु पर्ने देखिन्छ ।

५. अहिले कोही कसैलाई ज्वारो आयो भने गाउँघरका स्वास्थ्यकर्मीले नछुने, नहेर्ने, रिफर गर्ने, एम्बुलेन्सले पनि बोक्न नमान्ने, आफन्तजनहरुले पनि सकेसम्म छुन आनाकानी गर्ने जटिलताहरु छन् । यो व्यवहार सही हो कि गलत ? यस्तो घटनामा कसले के गर्नु उचित हुन्छ ?

ज्वरो सुख्खा खोकी श्वास बढ्ने, टाउको, घाँटी, जिउ दुख्ने र कमजोरी महशुस हुने यस रोगका लक्षणहरु हुन् । यस्ता लक्षणहरु अन्य रोगमा पनि देखिन्छन् । ज्वरो आएको बिरामी विदेशबाट आएको वा रोगी तथा शंङकास्पद ब्यक्तिसंग सम्पर्कमा थियो भने शंका मानी पूर्ण सर्तकता अपनाउनु पर्दछ अन्यका हकमा सामान्य सतर्कताका साथ ज्वरोको उपचार गर्नु पर्दछ । तर अहिले महामारी फैलिएको बेलामा घाँटी तथा नाकबाट स्वाव टेस्ट नगरी यसै हो भन्न सक्ने स्थिति रहदैन । साथै यो सम्पर्क नजिकको ब्यक्तिमा अत्यधिक रुपमा सनर्,े ५, १० प्रतिशतमा अति सिकिस्त बनाउने र २ ३ प्रतिशतमा मृत्यूबरण गराउने खतरानाक रोग भएकाले शंकास्पद बिरामीलाई चेकजाँच उपचार वा हेरविचार गर्दा स्वास्थ्यकर्मी चिकित्सक वा अन्यले अत्यन्त सावधानी अपनाई आफु सुुरक्षित रही सेवा पु¥याउनु पर्ने हुन्छ । शंकास्पद ब्यक्तिलाई टेस्ट र उपचार सेवाका लागि सरकारले तोकेको नजिकको अस्पतालमा रिफर गर्नु पर्ने हुन्छ ।
सरकारले शंकास्पद वा रोग निधो भएको केशको सेवामा रहने चिकित्सक नर्स स्वास्थ्यकर्मी तथा एम्वुलेन्स चालक समेतको सुरक्षाको लागि उनीहरुको संलग्नता हेरी सुरक्षाकवचको ब्यवस्था गरेको छ । शंकास्पद ब्यक्तिको मृत्यु भएमा संम्वन्धित निकायलाई जानकारी गराई रोग भए नभएको निदान गर्न टेस्ट गर्नुपर्ने हुन्छ ।

 

६. कोही सेनिटाइर अनिबार्य भन्छन्, कोही हैन, साबुन पानी राम्रो भन्छन् । कोही मास्क चाहिँदैन भन्छन्, कोही मास्क अनिबार्य भन्छन् । कोही पैसाबाट सर्ने चान्स धेरै छ भन्छन् । दैनिक उपभोग्य बस्तु खरिद गर्न पैसाको कारोबार नगरी साध्यै हुदैन । यी तमाम सन्दर्भ के हो ? कसरी सावधानी अपनाउनु पर्छ ?

 

संभव भएसम्म सावुन पानीले हात तथा अन्य बस्तु धुने, त्यो संम्भव नहुने हातले छुने ठाउँहरु जस्तै ढोका ,चुकुल, भ¥याङको रेलिङ मोवाईल टि भी रीमोटकन्ट्रोल आदि सामानहरुमा तथा घर बाहिर सावुन पानी नभएको अवस्थामा सेनिटाइजरको प्रयोग गर्नुपर्दछ ।
घर बस्दा खासै जरुरी नभए पनि अस्पताल जाँदा वा आफु वा अरुमा कोभिड सम्भावना भएको अवस्थामा मास्क लगाउन उपयुक्त हुन्छ । स्वास्थ्य सेवा प्रदायकहरु, बिरामी तथा शंकास्पद ब्यक्तिहरु तथा तिनको सम्पर्कमा आउनेले मास्क लगाउनु पर्दछ ।

 

७. हाम्रा गाउँघर, जहाँ प्राकृतिक उपचार तथा रोकथाम पद्धतिहरु पनि छन् । प्राकृतिक स्रोतसाधनहरु पनि छन् । सरल र सर्वसुलभ त्यस्ता विधिहरु पनि छन्, जसलाई गाउँघरमा अपनाउनु सजिलो होओस् ?

 

हाम्रो परम्परागत संस्कार संस्कृति हावापानी, प्रकृति, आनीबानी र खानपान उपचार विधिहरुको अवलम्वन गरेमा यो कोभिड र यस्तै अन्य भाईरल रोग धेरै हदसम्म रोकथाम तथा कन्ट्रोल गर्न सकिन्छ ।
सधै शुद्ध सफा रहने नुहाउने, खाना अधिपछि मुख चुठ्ने, ध्यान गर्ने, एकाग्र हुने, हत्तपत्त कोही ब्यक्ति तथा बस्तु अनावश्यक नछुने, अंकमाल नगर्ने, हात नमिलाउने, बरु नमस्कार अभिवादन गर्ने हाम्रो आफ्नै संस्कार हो । यहि ठिक छ, र यहि संस्कारको पालना गरौ ।
रुघाखोकी जस्तै कोरोना रोकथाम तथा उपचारका लागि तातोपानी, कागती, अदुवा, बेसार, टिमुर, लसुन, ज्वानो, प्रोटिनयूक्त खाना, सागपात आदि उपयोगी हुन्छन् । हल्का ब्यायाम, पूर्ण निन्द्रा र चिन्ता रहित हुनुले हाम्रो रोग प्रतिरोधात्मक क्षमता (ईम्यूनिटी)लाई मजबुत राख्दछ । हत्तपत्त रोगले आक्रमण गर्न नसक्ने र संक्रमण भएमा पनि साहै नचापी निको हुने संभावना अधिक हुन्छ ।

 

८ अन्तमा कोभिडसंग लड्न हाम्रा प्रयास कति सफल छन् ? र हाम्रा पाठकलाई के भन्न चाहनुहुन्छ ?

रोकथाम नै एकमात्र उपाय हो । त्यसैले आवाजजावत बन्द गरी देशहरुले लकडाउन गरेका हुन् । त्यसैगरी रोग संक्रमण हुन सक्ने शंका भएकालाई क्वारेन्टाईनमा राख्ने र लक्षण वा रोग देखिएकालाई
आईसोलेसनमा अलग्गै राख्ने र अन्य सर्वधारणले माथि नैे उल्लेख गरे अनुसार घरमै रही सफासुग्घर र सामाजिक दुरी कायम गर्न अत्यावश्यक छ ।
तीन महिना अगाडी नै चिनमा पहिलो केश नेपाल भित्रिसकेको अवस्थामा हामीले अन्तराष्ट्रिय उडान समय मै रोकेको भए यूरोप र खाडी मुलुकबाट रोग भित्रिने थिएन । साथै अन्तर्राष्ट्रिय उडान र भारतबाट आएका यात्रुहरुलाई क्वारेन्टाईनमा राखी टेष्ट गरिएको भए रोग समुदायमा छिर्ने नै थिएन । त्यसरी बाहिरबाट देश भित्रने महानुभावहरुको सहि तथ्याङ्क लिने काम आगमनकै बेला गरेको भए र समयमै तिनीहरुलाई (ट्रेस) पत्ता लगाई पूर्णरुपमा होम क्वारेन्टाईन पालना गराउन सकेको भए अहिलेको हाहाकार त्रास र अन्यौल र सम्भावित संक्र्मणबाट समुदाय र देश लाई बचाउन संभव थियो । यहीँनेर चुकिएको छ ।

अन्तमा आफ्नोे स्वास्थ आप्नो हातमा हुन्छ । आफ्नो सुरक्षा आपmै गरौ । सफा रहौ सामाजिक दुरी कायम गरौ । नआत्तिऔँ, सावधानी अपनाऔँ । कोरोना भगाऔ, बाचौँ र बचाऔँ । धन्यवाद ।

 

प्रतिक्रिया दिनुहोस्