| शुक्रबार, असार २६, २०७७

हामीले पर्यटक ठानेकाहरु अधिकांश धर्मप्रचारक : अनुमति एउटा, धन्दा अर्कै चलाउने १७ बिदेशीलाई गोरखा निकाला

कोरियन नागरिक एनवान सुक छ वर्षदेखि गोरखाको गण्डकी गाउँपालिका ७ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । उनी चितवनमा काम गर्ने गरी नेपाल आएपनि गोरखाको गण्डकी गाउँपालिका ७ बालुवटार भन्ने ठाउँमा वार्षिक ८० हजार रुपैयाँ भाडा तिर्ने गरी घर बनाएर बसेका हुन् ।

उनको नेपाली नाम हिरालाल गुरुङ हो । ३० भन्दाबढि घरधुरीलाई धर्म परिर्वतन गराएको उनलाई आरोप छ । लामो समयदेखि किन र कसरी त्यहाँ बसिरहेका छन् भन्ने कसैले चासो दिएन । सोधखोज पनि भएन ।

चारजना जापानी नागरिक आठ बर्षदेखि जापान आउजाउ गर्ने र गोरखामा बसेर क्रिस्चियन धर्म प्रचार गर्दै आएका थिए । उनीहरु नेपाली राम्रो सँग बोल्ने, नेपाली नम्बर प्लेटको मोटरसाईकल चलाएर धर्म प्रचार गर्दै हिड्ने गरेपनि उनीहरु के काम गरेर बसिरहेका छन् भनेर प्रशासनले लामो समय सम्म चासो गरेन । सिनो सिकारा, सिनो कन्को, मिसा तोमिनागा, सोरी तोमिनागा दुई महिला÷ दुई पुरुष पोखरामा क्याम्पस पढ्न भनेर नेपाल आएका रहेछन् । तर उनीहरुको बसाई गोरखा केन्द्रित थियो । सँधै चर्चमा जाने मानिस जम्मा पार्ने, बाल वालिकालाई खानेकुरा, खेलौना किनिदिने, घर÷घरमा धर्म संम्बन्धि पर्चा पम्पलेट बाँड्ने उनीहरुको दैनिक काम थियो ।

‘बिदेशी आएपछि हामी किन, के प्रयोजनका लागि कसरी आएको छ भने सोधखोज गर्दैनौँ’ गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने ‘पाहुनाका रुपमा सम्मान गर्ने हाम्रो परिपाटी छ, तर सबै एउटै खाले उद्देश्यले नआएको हुन सक्छ ।’ अहिले जिल्ला प्रशासन कार्यालय गोरखाले बिदेशी नागरिक कुन प्रयोजनका लागि यहाँ आएका र के गरिरहेका छन् भने खोजतलास गर्न थालेपछि भिजा अनुमति एउटा आउने र काम अर्कै गर्ने भेटिएको हो । अहिलेसम्म १७ जना बिदेशी फरक प्रयोजनको काम गरिरहेका बसेको तथ्य खुलेपछि प्रशासनले जिल्ला निश्कासन गरेको छ । ‘हामीले खोजि गरिरहेका छौँ, भेटिएजति सबैलाई एक हप्ताभित्र छाड्न भनेका छौँ, एक दुई जना बाँकी होलान धेरैले छाडिसके’ प्रजिअ पौडेलले भने ।

ताईवानी नागरिक हेसिङचेङ मिङ ५ वर्षदेखि गोरखा नगरपालिका ५ स्थित नेपाल मगर संघको भबन भाडामा लिएर बस्दै आएका थिए । बालवालिकालाई जम्मा पारेर चिनियाँ भाषा सिकाउँदै आएका थिए । उनी सँगै हुङतिङ उओ, पर्यटक भिसामा आएर उनीसँगै सहयोगीको रुपमा थिए । पर्यटक बनेर आएका ति बिदेशी शिक्षकको भेषमा संकास्पद गतिविधिमा संलग्न रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । अन्यत्रै काम गर्ने र घुम्ने प्रयोजनमा आएका आठ जना चिनियाँ नागरिकलाई गोरखाको आरुघाट गाउँपालिका ३ सोतीबाट पक्राउ गरी अध्यागमन बिभाग बुझाइएयो । नौलो नेपाल हाईडूो पावर कम्पनी अन्र्तगत अपरबुढीगण्डकी जलविद्युत आयोजना मा काम गरिरहेका उनीहरु सँग त्यहाँ काम गर्ने अनुमती नै थिएन ।

लुकिचोरी काम गरिरहेका उनीहरु त्यहाँबाट लखेटिए । ट्याङ गुवाङलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ चिनियाँ नागरिक थिए । दुई जना जर्मनी नागरिक एक महिना देखि गोरखाको आँपपिपल अस्पतालमा बस्दै आएका छन् । उनीहरु त्यहाँ कसरी उपचार हुन्छ भन्ने बुझ्न, अध्ययन गर्न बसेको अस्पतालले जनाएको छ । डोमिनिक भेलिन्टीन टूोस्ट र फोल्र डेक यसरी बस्दै आएका हुन् । उनीहरु उपचार पद्धती बुझ्ने भनेर बसेका छन् । यहाँ अहिले मात्र होईन पटक(पटक बिदेशीहरु आएर बस्ने गर्छन ।

बिदेशी नागरिक किन बसिरहेका छन् भन्ने बारे यकिन नभएपछि धर्म प्रचार मूख्य ऐजेण्डा रहेको निश्कर्ष प्रशासनका कर्मचारीहरुको छ । ‘अधिकासं धर्म प्रचार लगायतको संकास्पद गतिविधिमा संलग्न रहेको भेटिएपछि हामीले जिल्ला प्रशासन कार्यालयमा कागजात सहित बोलाएर जिल्ला छाड्न भनेका हौँ’ प्रजिअ पौडेलले भने । भिजामा उल्लेख भएको भन्दा फरक प्रयोजनका लागि बिदेशी बसेको भेटिएपछि जिल्ला प्रशासन कार्यालयले खोजी तिब्र बनाएको छ । जुन प्रयोजनका लागि नेपाल भित्रिएको हो सोही काम वा ठाउँमा रहनुपर्ने भएकाले अवैध रुपमा बसेकाहरुले जिल्ला छाड्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्