| शुक्रबार, चैत्र १६, २०८०

काठ अभाबले इच्छाकामना मन्दिर निर्माण रोकियो

गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ। चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक  धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ।

पछिल्लो समय काठ अभाव भएपछि पुनःनिर्माणमा ढिलाइ भएको मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए। उनका अनुसार मन्दिर जीर्ण भएपछि गत असारदेखि जगैबाट भत्काइ  पुनःनिर्माण थालिएको थियो।  काठ अभाव भएपछि विसं २०७६ असोज महिनादेखि काम ठप्प रहेको छ। गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले काठ अभावका कारण काम रोकिएको बताइन। उनले काठ उपलब्ध गराउन गाउँपालिकाले समन्वय र सहयोग गरिराखेको  जानकारी दिइन।

मन्दिर निर्माणका लागि झण्डै तीन करोड रूपैयाँ लाग्ने  जनाइएको छ। प्रदेश सरकारबाट  ५० लाख रुपैयाँ र गाउँपालिकाबाट ७५ लाख रुपैयाँ बजेट उपलब्ध भई काम शुरु गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराले बताए। हालसम्म मन्दिर पुनःनिर्माणको काम ३३ प्रतिशत सम्पन्न भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्