| बुधबार, चैत्र २६, २०७६

आज एक सय १० औँ महिला श्रमिक दिबस, ब्यवाहारमा बिभेद हटेन

आज एक सय १० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिबस । सन् १८५७ मा अमेरिकाको सिकागो शहरमा काम गर्ने महिला मजदुरहरुले आफ्नो अधिकार प्राप्तीका लागि गरेको आन्दोलनलाई आजको दिन अन्तराष्ट्रिय श्रमिक महिला दिबसको रुपमा मनाउने गरिन्छ । बिभिन्न देशमा यो दिबस मनाउने क्रममा महिला अधिकारकर्मी भेला हुने, महिलाको समस्या, अवस्थाको बारेमा चर्चा गर्ने गर्छन ।
नेपालमा पनि हरेक वर्ष यो दिबस मनाउने गरिन्छ । महिलाहरु अहिले पनि चुलो चौकामा सिमित हुनु परेको, पुरुष सरह समान काममा असमान ज्याला रहेको, आमाको नाममा नागरिकता दिने विषय अझै बिवादिन बनाइएको, जस्ता महिलाका विषयमा अधिकारकर्मीले आवाज उठाउने गरेका छन् । यस वर्ष विश्वभर फैलिएको कोरोना भाईरसको त्रास र सरकारले धेरै मानिस भेला हुने कार्यक्रम नगर्न अनुरोध
गरेपछि दिबसको अवसरमा आयोजना गरिएको औपचारीक कार्यक्रम हरु भने स्थगित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्