| शुक्रबार, बैशाख १४, २०८१

गोरखाली गाउँघरमा गाइने ठाडो भाखा लेकाली ठिटो बजारमा

पश्चिमा गीतसंगीतले नेपाली सांगीतिक बजार भरिदैगएको अहिले मौलिक गीत संगीतको सिला खोज्नु पर्ने भएको छ ।

नेपाली गाउँघर, लेकबेशीमा गाइने गीत बजारमा कम आउँदा नेपाली स्रोता संख्यात्मक रुपमा धेरै बजारमा आएका पश्चिमा शैलिको गीत सुन्न बाध्य छन् ।

यसैक्रममा हालै गोरखाको धार्चे गाँउपालिका ५ सिङ्लाका धन बहादुर गुरूङको मौलिक ठाडो भाका “लेकाली ठिटो“ गीत बजारमा आएको छ ।

पहिलेपहिले उत्तरी गोरखामा हुने मेलापर्व, बिहे, छेवर, रोधीघरतिर गाउने निकै प्रचलित ठाडोभाका पछिल्लो समय लोप हुँदै गइरहेकोले ठाडो भाकालाई संरक्षण गर्ने उद्देश्यले यो गीत निर्माण गरिएको गायक धन बहादुर गुरूङको भनाई छ ।

धन बहादुर गुरूङ र सुनिला गुरूङको स्वर, लय तथा शब्द धन बहादुर गुरूङ र गणेश गुरूङको रहेको छ ।

मनाङ गुरूङको निर्देशनमा तयार पारेको म्युजिक भिडियोलाई मरूभुमि नारायणले छायांकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन ग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्