| बिहिबार, साउन २९, २०७७

गरिखाने र ठगिखाने छुट्याउनु प¥यो मन्त्रीज्यू

किसानले अनुदान लिने सवालमा र कृषि उत्पादन बिक्री गर्दासम्म बिचौलियाका कारण समस्या भएको गुनासो गरेका छन् ।  क्षणिक लाभ लिनका लागि बनेका किसानले सच्चा किसानले पाउने अनुदान लिएको भन्दै गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापासँग गुनासो गरे ।

गोरखा नगरपालिका १ का कमलबहादुर बानियाँले ंबास्तबिक किसान हो वा होईन भन्ने अझै राम्रोसँग एकिन हुन नसकेको गुनासो गरे । ठगिखाने र गरिखाने छुट्याउन नसक्दा ंअनुदान बितरण अझै प्रभावकारी नभएको बताए । किसानले लगानी बढाउन नसकेको, सहुलियतमा पाउने कृषि ऋण नपाएको र ब्यापार ब्यवशाय गर्नेले सरह ब्याज तिरेर ऋण माग गर्दा उल्टै हेपिएको गुनासो किसानहरुको छ ।

किसानले दुख गरेर उब्जाएको बाली बिचौलियाले तोकेको मूल्यमा बिक्री गर्नुपर्दा फाइदा लिन नसकेको गुनासो अर्का किसान सिरानचोक ४ का सन्तबहादुर विश्वकर्माको छ । बजारसम्म किसानको पहुँच नहुँदा खेती गर्ने भन्दा ढुवानी गरेर शहर पु¥याउनेले दोब्बर लाभ लिएको उनले बताए ।

ऋण गरेर खोर बनाएर बाख्रा पालिरहेका किसानले अनुदान लिन फेरि खोर बनाउनुपर्ने नियम ठिक नभएको उनले गुनासो गरे । आरुघाट गाउँपालिका पशु सेवा शाखाका प्रमुख इन्द्रहरि खनालले गाउँपालिकामा कृषि र पशु सेवा शाखामा कर्मचारीको दरबन्दी नभएको बताउँदै उनले सेवा दिन समस्या भएको बताए ।

किसानको गुनासो सुनेपछि मन्त्री लेखबहादुर थापाले बिचौलियाकै कारण किसानले कृषि उत्पादनबाट लाभ लिन नसकेको यथार्थ भएको बताए । स्थानीय तहहरुले कम्तिमा बजेटको १५ प्रतिशत कृषिमा छुट्याउँदा कृषि उत्पादन बढाउन र युवाहरुलाई गाउँमै स्वरोजगार बनाउन सकिने उनले बताए ।

अनुदान लिनकै लागि किसान बनेकाहरुकै करण सच्चा किसान ठगिएको बताउँदै उनले स्थलगत अध्ययन गरेर मात्रै अनुदान दिनुपर्नेमा जोड दिए । अनुदानमा एकद्वार नीति लिने बताउँदै उनले एउटै फर्म वा ब्यक्तिलाई पटक(पटक अनुदान नदिईने स्पष्ट ंपारे ।  कोल्ड स्टोर निर्माण, हाट बजार ब्यवस्थापन प्रदेश सरकारको मूख्य योजना रहेकाले बिचौलियाले फाईदा लिने क्षेत्र घटाउने मन्त्री थापाले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ंगोरखाले बिहिवार स्थानीय निकायमा कार्यरत प्राविधिक कर्मचारीहरुको समन्वय बैठक एवं साना मोडल फार्म सञ्चालक कृषकहरुसँगको अन्तक्रिया कार्यक्रम गरेको थियो ।  कार्यक्रममा स्थानीय तहमा कार्यरत प्राविधिकले सेवा सुविधा थोरै भएको, जागिरको अन्यौलता रहेको गुनासो गरेका थिए ।कर्मचारी सँगको बैठक सँगै साना मोडल फार्म सञ्चालक कृषकहरु सँग मन्त्री सहित कार्यालय प्रमुख र कर्मचारीहरुल अन्तक्रिया गरेका भेटेरिनरी अस्पताल तथा पसु सेवा विज्ञ केन्द्रका प्रशासन प्रमुख महेन्द्र पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्