| बिहिबार, साउन २९, २०७७

मिस गुरुङ २०२० को ताज गोरखाकी सुस्मितालाई, फर्रस्ट र सेकेण्ड रनरअप पनि गोरखाकै

 गोरखा : गोरखा मान्बुकी सुस्मिता गुरुङ मिस गुरुङ २०२० बन्न सफल भएकी छन् ।

एक के इन्टरटेनमेण्टले आयोजना गरेको मिस गुरुङ २०२० को बुधबार सम्पन्न फाइनलबाट आरुघाट गाउँपालिका १ मान्बु माझगाउँकी सुस्मिता मिस गुरुङ २०२० घोषित भएकी हुन् । त्यस्तै गोरखा सिरानचोककी निशानी गुरुङ फर्रस्ट  रनरअप र सिर्दिबास न्याककी जोनिशा गुरुङ सेकेण्ड रनर अप भएका छन् ।

१० जना प्रतिष्पर्धी रहेको मिस गुरुङको अन्तिम प्रतियोगिताबाट तीनवटै स्थान गोरखाली गुरुङ चेलीहरुले जित्न सफल भएका हुन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा भएको फाइनलमा गायक आनन्द कार्कीले टाइटल विनरलाई नगद ५० हजार, फस्र्ट रनर अपलाई २५ हजार र सेकेण्ड रनर अपलाई १५ हजार नगद पुरस्कार र ताज पहिर्याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्