| शनिबार, बैशाख ८, २०८१

मिस आदिवासी एलिजाको ‘टुकु’ मा पहिलो डेब्यू

मिस आदिवासी जनजाति २०१९ एलिजा गुरुङ ‘टुकु’ मार्फत नेपाली चलचित्रमा उदाउने भएकी छन् । धार्चे २ केरौंजा घर भएकी एलिजा पहिलो फिल्म टुकु अथवा पछ्यौरीमा सहायक नायिकाको भूमिकामा आउने भएकी हुन् ।

टुकु गोरखाको धार्चेमा छायाङ्कन भएको छैठौं चलचित्र हो ।

चर्चित निर्देशक प्रितम गुरुङको निर्देशनमा छायाङ्कन भइरहेको टुकुको स्थानीय सुमन गुरुङले निर्माण गर्न लागेका हुन् । जसको कथा सुमन गुरुङ, पटकथा उमेश पौडेलले तयार गरेका हुन् ।

‘टुकु’मा सुमन गुरुङ, अनुता गुरुङको मुख्य भूमिका रहेको छ भने आइतराम गुरुङ, लक्ष्मी गुरुङ, लालबहादुर गुरुङ तथा एलिजा गुरुङको सहायक भूमिका रहेको छ । चलचित्रको गीत तथा संगीत आइतराम गुरुङको रहेको छ ।

टुकुमा नव नायिकाहरु लक्ष्मी गुरुङ र एलिजा गुरुङले पहिलो पटक डेब्यू गर्दैछन् ।

टुकु भनेर धार्चे क्षेत्रको भाषामा टाटनको पछ्यौरालाई चिनिन्छ । सो क्षेत्रमा टुकुको धेरै प्रयोग हुने गर्छ । त्यसैले सोही टुकुमा आधारित भएर चलचित्र बनाउन लागिएको अभिनेता ंआइतराम गुरुङले बताए । टुकुको सम्पूर्ण छायाङ्कन लाप्राकको पुरानो गाउँ, गुप्सीस्थित नयाँ बस्तीमा गरिने उनले बताए ।

चलचित्र टुकुको छायाङ्कन रोधी डिजिटलले गरिरहेको छ ।

यसअघि बारपाक तथा धार्चे क्षेत्रमा बारपाकी माया, लेकाली रु, टाढाको माया, फुङ, टिष्टा पारिको साइनोको निर्माण भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्