| शुक्रबार, बैशाख ७, २०८१

पाइपमा चिप्लेर अश्राङ खानेपानी आयोजनाकी कर्मचारीको मृत्यू

खानेपानी आयोजनाको पाइपमा चिप्लिएर अश्राङ लिफ्टिङ खानेपानी आयोजनाकी कर्मचारी सीता सिम्खडाको मृत्यू भएको छ ।

खानेपानी वितरणका लागि गेटभल्व खोल्न जाँदा पाइपमा चिप्लिएर लडेकी भीमसेन थापा गाउँपालिका ६ निबासी ४५ बर्षीया सिँखडाको घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।

गोरखा अस्पतालमा पोष्टमार्टपछि शुक्रबार नै उनको अन्तिम संस्कार गरिएको स्थानीय कालिका पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्