| बुधबार, कार्तिक २७, २०७६

गोरखाको मकै बिहे वृत्तचित्रले जित्यो आदिम फिल्म क्रियटिभ पुरस्कार

 

गोरखाको धार्चे गाउँपालिकामा प्रचलित मकैबिबाह संस्कृतिमा तयार पारिएको वृत्तचित्र ‘मकै बिबाह’ पुस्कृत भएको छ ।

काठमाडौंमा सोमबार सम्पन्न आठौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा प्रदर्शन गरिएको उक्त वृत्तचित्रले आदिम फिल्म क्रियटिभ पुरस्कार पाएको हो ।

पाँच मिनेट लामो वृत्तचित्र गोरखाका पत्रकार भीमलाल श्रेष्ठले निर्माण तथा निर्देशन गरेका हुन् ।

बारीमा मकै रोप्नुअघि वर्षेनी लाप्राकलगायत गुम्दा, लापु, सिङ्ला लगायतका गाउँमा मकै बिबाह हुने गर्छ ।
नेपाल अफ्रिका फिल्म फेस्टिबलमा बिभिन्न देशका गरी २५ फिल्म प्रदर्शन गरिएको थियो ।

शनिबारदेखि सोमबारसम्म राष्टिूय नाँचघर जमलमा हुने ३ दिने फेस्टिबलका लागि नेपाल सहित नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, इजिप्ट, जिम्बाबे, नर्वे, जर्मनी लगायत देशका छनौटमा परेका २५ वटा वृत्तचित्र प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

मकै बिहे वृत्तचित्र यसअघि वी विल राइज फाउण्डेशनले गरेको मेरो गाउँ मेरो ठाउँ राष्टिूय वृत्तचित्र प्रतियोगितामा स्कृप्ट विधातर्फ सर्वोत्कृष्ट भई अवार्ड जित्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्