| आइतवार, मंसिर २९, २०७६

पर्वतका अनिश थापा चौथो पटक पनि बने लिगलिगे राजा

 

यसअघि तीन पटकसम्म लिगलिगे राजा बन्न सफल पर्वत जिल्लका अनिश थापा दशौं लिगलिगे दौड जितेर चौथो पटक पनि लिगलिगे राजाको उपाधि हासिल गरेका छन् ।

चेपे र मस्र्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दुरी ५७.५५ मिनेटमा पार गर्दै उनी लिगलिगे राजा तथा पालुङ्टार नगरपालिकाको सद्भावना दूत बन्न सफल भएका हुन् । भारतीय सेनामा बहाल थापाले यसअघि २०७१, २०७३ र २०७५ सालमा पनि लिगलिगे राजाको श्रीपेच पहिरिसकेका थिए ।

थापालाई एक समारोहका बीच राष्टिूय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले श्रीपेच पहि¥याई राजाको पदवी दिएका थिए । दौडेर राजा बन्ने द्रव्य शाह कालीन परम्पराको सम्झनामा राजा घोषणा गरी उनलाई बिहिबार पालुङ्टार नगरपालिका परिक्रमा गराइएको छ ।

साथै एकबर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत घोषणा पनि गरेका नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए । ‘दौडमा प्रथम हुनेलाई यसअघि एक दिनका लागि लिगलिगे राजाको पदवी मात्र प्रदान गरिन्थ्यो’, उनले भने, ‘यसबर्षदेखि नयाँ कार्यक्रम ल्याएका छौं । उहाँलाई एकबर्षका लागि पालुङ्टार नगरपालिकाको सद्भावना दूत बनाइएको छ । उहाँलाई नगरपालिकाले आयोजना गरेका ठूला कार्यक्रमहरुमा स(सम्मान दूतको रुपमा आमन्त्रण गराइनेछ ।’ सद्भावना दूतले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि उल्लेखनीय काम गर्ने उनले बताए । थापालाई नगद ६० हजार १ सय रुपैयाँ, मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको छ ।

सोही दौड १ घण्टा एक मिनेट ८ सेकेण्डमा पूरा गरी डोटी जिल्लाका खगेन्द्रबहादुर भाट दोस्रो बन्न सफल भएका छन् । एकघण्टा एक मिनेट ३४ सेकेण्डमा पार गरी लम्जुङका रामजी बस्नेत तेस्रो भएका छन् ।

दोस्रो र तेस्रो हुने दुवै जना नेपाली सेनाका हुन् ।

निर्धारित दुरी एकघण्टा दुई मिनेट २२ सेकेण्डमा पार गरी सन्दीप ढकाल चौथो बन्न सफल भएका छन् ।

दौडमा दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ, चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट दशौंसम्म हुनेलाई नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार दिइएको आयोजकले छ ।

सबै पुरस्कारको व्यवस्था नेपाली सेनाले गरेको रणसिँह दल गणका प्रमुख सेनानी उज्ज्वल केशीले जानकारी दिए ।
पालुङ्टार नगरपालिका, लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको स्थानीय हरि देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्